• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • किएभ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

    जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उहाँको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताउनुभयो ।

    रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भन्नुभएको छ ।

    जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताउनुभएको छ ।

    “शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उहाँले आइतबार साँझ आफ्नो सम्बोधनमा भन्नुभयो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उहाँको सहभागिताको पुष्टि गर्नुभएको छ ।

    – निरन्तर सम्पर्कमा –
    जेलेन्स्कीले उहाँका वार्ताकारहरूमा विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्टेम उमरोभ, उहाँका चिफ अफ स्टाफ एन्ड्री यर्मक तथा सैन्य कमान्डर एवं यर्मकका सहायक पावलो पालिसा समावेश हुने जानकारी दिनुभयो ।

    किएभ अमेरिकी टोलीसँग निरन्तर सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।

    वासिङ्टनले हाल राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा सन् २०२२ फेब्रुअरीमा आफ्नो पूर्ण आक्रमण सुरु गरेको मस्कोसँग टेबलमा बाध्य पार्ने प्रयासमा युक्रेनलाई सैन्य सहायताका साथै गुप्तचर साझेदारी र स्याटेलाइट इमेजरीमा पहुँच निलम्बन गरेको छ ।

    ट्रम्पले पुटिनसँग सञ्चार नवीकरण गर्नुभएको छ र जेलेन्स्कीको आलोचना गर्नुभएको छ । यसले किएभ र युरोपेली सहयोगीहरूमा ट्रम्पले रुसलाई फाइदा पुग्ने समझौता स्वीकार गर्न युक्रेनलाई बाध्य पार्न सक्नुहुन्छ भन्ने डर उत्पन्न गरेको छ ।

    तर शुक्रबार ट्रम्पले युद्धको मैदानमा युक्रेनलाई ‘प्रहार’ गरेकोमा रुसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताउनुभएको थियो ।

    युक्रेनका युरोपेली सहयोगीहरूले गत हप्ता जेलेन्स्कीसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उनीहरूले रक्षा खर्च ठूलो मात्रामा बढाउने घोषणा गरेका थिए ।

    बेलायत र फ्रान्सले युक्रेनका लागि समुद्र र हावामा युद्धविराम र युक्रेनको शक्ति सुविधाहरूमा रुसले गरेको बमबारी रोक्न प्रस्ताव गरेका छन् ।

    जेलेन्स्कीका अनुसार युक्रेनी र बेलायती कूटनीतिज्ञहरूले सप्ताहन्तमा किएभमा वार्ता गरेका थिए ।

    ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादका कारण अमेरिकी नेताले माग गरेको खनिज सम्झौतामा हस्ताक्षर नगरी युक्रेनीहरू बाहिरिएपछि साउदी वार्ता आएको हो ।

    पछि जेलेन्स्कीले घटनालाई ‘दुःखदायी’ भन्नुभयो र ट्रम्पको ‘बलियो नेतृत्व’ सँग काम गर्न तयार रहेको बताउनुभयो ।

    उहाँले रणनीतिक खनिज भण्डारको सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि बताउनुभयो ।

    विट्कफले ट्रम्पले जेलेन्स्कीबाट एक पत्र प्राप्त गर्नुभएको र त्यसलाई ‘एक धेरै सकारात्मक पहिलो कदम’ र ‘एक माफी’ भन्नुभएको बताउनुभयो ।

    युक्रेनले साउदी अरबमा सम्झौतामा हस्ताक्षर गर्नेछ कि भनेर सोधिएको प्रश्नमा विट्कफले भन्नुभयो, “मलाई लाग्छ जेलेन्स्कीले यसमा हस्ताक्षर गर्ने प्रस्ताव राख्नुभएको छ र उहाँले यसलाई पालना गर्नुहुन्छ वा हुन्न भनेर हामी हेर्नेछौँ ।”

    शान्तिका लागि तयार छैन –
    विट्कफले फेब्रुअरीमा जेलमा रहेका एक अमेरिकी शिक्षकको रिहाइका लागि मस्को भ्रमण गर्नुभएको थियो र पछि उहाँले पुटिनसँग धेरै समय कुरा गरेको र उहाँसँग ‘सम्बन्ध विकास’ गरेको बताउनुभएको थियो ।

    ट्रम्प र जेडी भान्ससँगको जेलेन्स्कीको विवादास्पद भेटका क्रममा वाल्ट्ज ओभल अफिसमा हुनुहुन्थ्यो ।

    उहाँले पछि फक्स न्युजलाई जेलेन्स्की ‘शान्ति वार्ता गर्न तयार हुनुहुन्न’ तर ‘समय उहाँको पक्षमा छैन’ भन्नुभएको थियो ।

    सिएनएनसँगको अन्तर्वार्तामा वाल्ट्जले भन्नुभयो, “यदि जेलेन्स्कीको व्यक्तिगत प्रेरणा वा राजनीतिक प्रेरणा लडाइँ अन्त्य गर्नेबाट भिन्न छ… तब मेरो विचारमा हामीसँग वास्तविक समस्या छ ।”

    साउदी मध्यस्थकर्ता –
    साउदी अरब रुस र युक्रेनसँग अमेरिकी कूटनीतिका लागि एक प्रमुख आयोजक बनेको छ ।

    रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुबियोले गत महिना रियादमा भेट गरी संवाद पुनः सुरु गर्न र युक्रेन द्वन्द्वमा वार्ता सुरु गर्न सहमत हुनुभएको थियो ।

    जेलेन्स्कीले सन् २०२२ मा रुसको आक्रमणपछि साउदी अरबमा धेरै पटक भ्रमण गर्नुभएको छ तर गत महिना रुस–अमेरिका वार्तामा निमन्त्रणा नभएको भन्दै भ्रमण स्थगित गर्नुभएको थियो ।

    सन् २०२२ मा रुसी नियन्त्रित युक्रेनमा रहेका पाँच कैदीलाई क्राउन प्रिन्ससँगको वार्तापछि आदानप्रदान गर्न रियाद लगिएको थियो ।

    पुटिनले क्राउन प्रिन्सले गत वर्ष ‘जासुसी’ गरेको आरोपमा रुसले जेलमा राखेका वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचको रिहाइ सुरक्षित गर्न पनि सहयोग गरेको बताउनुभयो ।

    अमेरिकाको ऐतिहासिक मित्र, तेल–धनी राज्य साउदी अरब सन् २०१८ मा टर्कीमा असन्तुष्ट साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा अछूत बन्यो ।

    तर विट्कफले ट्रम्पको टोलीको ‘साउदीहरूसँग साँच्चै राम्रो सम्बन्ध छ’ भन्नुभयो ।

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.