• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही घाइते


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका क्रममा बिहीबार दुर्घटनावश आठवटा बम गलत ठाउँमा खसालेको जनाएको छ ।

    Advertisement

    ‘एयर फोर्सको केएफ–१६ विमानबाट असामान्य रुपमा खसालिएका आठवटा एमके–८२ बम सामान्य उद्देश्यका लागि खसालिएको र ती निर्धारित फायरिङ रेन्जभन्दा बाहिर अवतरण भएका जानकारीमा आएको छ,’ वायुसेनाले भनेको छ ।

    आणविक शक्ति सम्पन्न उत्तर कोरियासँगको सीमाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको पोचेओनमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त घटना भएको हो ।

    वायु सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बमहरू गलत ठाउँमा खसालिएकोमा हामी गहिरो खेद प्रकट गर्दछौं । यसबाट हताहत भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

    उक्त घटनाको अनुसन्धानका लागि दुर्घटना प्रतिकार्य समिति गठन गरिएको र क्षतिको क्षतिपूर्तिलगायत सबै आवश्यक कदम समितिले चाल्ने जनाइएको छ ।

    सैन्य जेटले ‘वायु सेना र स्थल सेना दुवै सम्मिलित संयुक्त प्रत्यक्ष–फायर अभ्यासमा भाग लिइरहेको’ समयमा उक्त दुर्घटना हुनपुगेको वायु सेनाले जनाएको छ ।

    दक्षिण कोरियाली (योनहाप) समाचार संस्थाका अनुसार दक्षिण कोरियाले पोचेओनमा बिहीबार संयुक्त राज्य अमेरिकासँग संयुक्त ‘प्रत्यक्ष फायर अभ्यास’ गरिरहेको थियो ।

    दक्षिण कोरियाको नेसनल फायर निकायका अनुसार दक्षिण कोरिया र अमेरिकाको संयुक्त अभ्यासका क्रममा एउटा गाउँमा बम खसेको अनुमान गरिएको छ ।

    यसले गर्दा ‘हताहत र सम्पत्तिको क्षति भएको छ र यसमा धेरै विस्थापित बासिन्दाहरू परेका छन्, विज्ञप्तिमा भनिएको छ, ‘घटनामा चार जना गम्भीर घाइते भएका छन् र तीन जना सामान्य घाइते भएका छन् ।’ उक्त घटनामा एक चर्च भवन र दुई घरको केही भागमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

    –चट्ट्यानजस्तो आवज–
    आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक जना पार्क उपनाम गरेका स्थानीय बासिन्दाले दुर्घटना हुँदा आफूले टेलिभिजन हेरिरहेको बताउँदै भन्नुभयो, ‘मैले अचानक मेघगर्जनजस्तै ठूलो विस्फोटको आवाज सुनेँ र पूरै घर हल्लियो। जब म बाहिर गएँ, सबै कुरा अस्तव्यस्त थियो ।’

    करिब एक किलोमिटर परको वृद्ध स्याहार केन्द्रमा पनि दुर्घटनाको महसुस गरिएको थियो ।

    ‘अचानक भएको विस्फोटनले भवनलाई हल्लायो। झ्यालका सिसा फुटे र हाम्रा एक जना शिक्षक घाइते भए । उहाँलाई अस्पताल लगिएको थियो,’ केन्द्रका निर्देशक युले भन्नुभयो ।

    ‘भाग्यवस, कुनै पनि वृद्धरलाई चोट पटक लागेन, तर उनीहरू यति डराए कि हामीले उनीहरू सबैलाई घर पठायौँ,’ उहाँले भन्नुभयो ।

    दक्षिण कोरिया र अमेरिकाको सबैभन्दा ठूलो वार्षिक संयुक्त अभ्यासमध्ये एक अभ्यास यसै महिनाको अन्त्यमा सुरु हुने भएको छ ।

    सन् १९५० देखि १९५३ सम्म चलेको द्वन्द्व शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएपछि दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् ।

    प्योङयाङविरुद्ध सियोलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाले दक्षिणमा दशौँँ हजार सैनिक तैनाथ गरेको छ ।

    उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको जवाफमा सन् २०२२ मा दक्षिण कोरियाको ह्युन्मु–२ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी गाङवोन प्रान्तको सैन्य गल्फ कोर्समा दुर्घटनाग्रस्त भएको थियो ।

    उक्त क्षेप्यास्त्र विस्फोट भने भएको थिएन र उक्त घटनामा कोही पनि घाइते पनि भएका थिएनन् ।

    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.