काठमाडौँ । महाशिवरात्रीका दिन पशुपति क्षेत्रबाट ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
Advertisement
विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए ।
पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ।
आज महाशिवरात्री पर्व। पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ।
आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।