• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन वैशाख १८ देखि २० सम्म


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी २०८२ वैशाख १८ देखि २० गतेसम्म गर्ने निर्णय गरेको छ ।

    Advertisement

    २०८१ कात्तिक २ र ३ गते रुपन्देहीको बुटवलमा सम्पन्न सङ्घको सातौँ राष्ट्र्रिय राष्ट्रिय परिषद्ले सो निर्णय गरेको हो ।

    सङ्घका महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा कात्तिक ३ गते शनिबार जारी प्रेसविज्ञप्तिमा महाधवेशन सम्पन्न गर्न देशव्यापी साङ्गठनिक अभियान चलाउने निर्णय गरेको पनि जनाइएको छ ।

    विज्ञप्तिमा आगामी हिउँदमा शिक्षा ऐन पास गराउनका लागि शैक्षिक आन्दोलन चलाउने जानकारी पनि दिइएको छ ।

    राष्ट्रिय परिषद् बैठकको विवरण सामेल गरिएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो रहेको छ :

    “नेपालको वर्तमान आवश्यकता : सर्वसुलभ प्राविधिक र गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ यही मिति २०८१ कात्तिक २ र ३ गते बुटवलमा सम्पन्न अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् बैठक भयो ।

    सङ्घका अध्यक्ष सानोभाइ कार्कीको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै भन्नुभयो– करिब एक करोड ऊर्जाशील नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनु, स्वदेशको अर्थतन्त्र आर्थिक उदारीकरणले अस्तव्यस्त हुनु, विदेशीको इसारामा ल्याइएको सङ्घीयताको कारणले हो ।

    उहाँले अगाडि थप्नुभयो– बहुदलीय व्यवस्थाको स्थापनापछि देशमा सञ्चालित दर्जनौँ उद्योग बन्द हुनु, समयसापेक्ष शैक्षिक सुधारसहितको नयाँ शिक्षा ऐन आउन नसक्नु, राज्य सञ्चालन गर्ने शासकको सत्तास्वार्थ र गैरजिम्मेवारीपनको कारण भएको बताउँदै सङ्घीयता खारेजीको लागि राष्ट्रिय जनमोर्चाले देशव्यापी आन्दोलनको घोषणा गरेको र प्रदेश मात्र खारेज गरे पनि प्रदेश सञ्चालन गर्ने बजेटले शिक्षा र स्वास्थ्य निःशुल्क गराउन सकिने जिकिर गर्नुभयो ।

    परिषद्मा शुभकामना दिनेहरूमा राष्ट्रियसभा सदस्य राजेश विक, अखिल नेपाल शिक्षक सङ्घका संस्थापक सदस्य तथा पूर्व शिक्षक नेता बोमबहादुर खत्री, नेपाल शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लछिराम शर्मा ढकाल, मधेसी शिक्षक फोरम (लोकतान्त्रिक) का महासचिव विक्रम झा, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीलगायतका व्यक्तित्वले परिषद् सफलताको शुभकामना व्यक्त गर्दै एकीकृत शिक्षक आन्दोलनमा जोड दिनुभएको थियो ।

    नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुवेदीले नेपाल शिक्षक महासङ्घको आह्वानमा गरिने एकीकृत आन्दोलन अत्यावश्यक भएको बताउँदै सकेसम्म वार्तासंवाद र पक्षीकरणबाट नयाँ शिक्षा ऐन जारी गराउने, त्यसमा राज्य तयार नभएमा भौतिक, नैतिक मूल्य चुकाएर भए पनि २०८१ को हिउँदे अधिवेशनबाट शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    परिषद्को बन्दसत्रमा अध्यक्ष सानोभाइ कार्कीले राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक प्रस्ताव, महासचिव चक्रपाणि पौडेलले शिक्षक सङ्घको शैक्षिक दृष्टिकोण, वर्षभरिका साङ्गठनिक गतिविधि र आगामी वर्षको कार्ययोजनासहितको भावी कार्यक्रम र कोषाध्यक्ष टेकबहादुर थापाले आर्थिक योजनासहितको प्रतिवेदन अनि महिला उपाध्यक्ष गीता कार्कीले महिला विभागको गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदनमा गहन छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिएको थियो ।

    दुई दिनसम्म चलेको सातौँ राष्ट्रिय परिषद्ले आगामी वर्ष २०८२ वैशाख १८, १९ र २० गते आयोजना गर्ने पाँचौँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न देशव्यापी रूपमा साङ्गठनिक अभियान सञ्चालन गर्ने र महासङ्घको आह्वानमा निकट भविष्यमै सञ्चालन हुने शैक्षिक आन्दोलनका लागि आन्दोलनको स्वरूप निर्धारण गर्दै सक्रियतापूर्वक सहभागी भई आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याउने निर्णयसहित परिषद् सम्पन्न भएको जानकारी गराइन्छ ।”

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.