बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ मा राष्ट्रिय जनमोर्चाको वडा सम्मेलन सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष टानबहादुर केसीको उद्घाटनसँगै २०८१ भदौ २६ गते बुधबार सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई राजमो रुपन्देहीका सल्लाहकार टानबहादुर केसीले शुभकामना दिनुभएको थियो ।
दिनेश पोखरेलको सञ्चालन तथा ज्ञानप्रसाद पाण्डेको अध्यक्षतामा अघि बढेको उक्त सम्मेलनमा गङ्गालाल सापकोटाले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको बन्दशत्रमा ज्ञाननप्रसाद पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्षमा पाण्डे
सम्मेलनले ज्ञानप्रसाद पाण्डे अध्यक्ष रहनुभएको राजमोको वडा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रामप्रसाद खनाल, सचिवमा दिनेश पोखरेल, सहसचिवमा प्रकाश पोखरेल र कोषाध्यक्षमा कल्पना सापकोटा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा मनबहादुर सुनार, ध्रुवबहादुर केसी र विष्णु बेलबासे, राधिका सापकोटा तथा वैकल्पिक सदस्यहरूमा भीम शर्मा, शिवहरि भुसाल, शान्ति सापकोटा र माया जिसी चयन हुनुभएको छ ।
सम्मेलनले गङ्गालाल सापकोटा, मुक्तिनाथ सापकोटा, दीपक सापकोटा र तुलसी बेलबासेलाई सल्लाहकारमा चयन गरेको छ ।