महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले जिल्लाका विभिन्न स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
Advertisement
मंगलबार (भदौ २५ गते) सदरमुकामस्थित भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगपालिका र वेदकोट नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विभिन्न राष्ट्रिय समस्यासहित स्थानीय समस्याको उठान गरिएको र समाधानका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउन अध्यक्ष कार्कीसहित उपाध्यक्ष मञ्जु परियार, सचिव लालबहादुर कुँवर, पूर्वजिल्ला अध्यक्ष जयबहादुर मल्ल, नेताहरू कमल साहु, जनक कुँवर, गोविन्द बोहरालगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै, राजमो सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरीको समेत उपस्थिती रहेको थियो ।
राजमो कञ्चनपुरले यसअघि जिल्ला प्रशासन कार्यालयसहित बाँँकी स्थानीय तहमा समेत ज्ञापन पत्र बुझाइसकेको छ ।
- राष्ट्रिय जनमोर्चा कञ्चनपुरले बुझायो सरकारलाई ज्ञापन
- राजमो कञ्चनपुरले बेलौरी र लालझाडीमा बुझायो ज्ञापन
