दिनेश रैदास, दाङ ।
दाङको राजपुर र गढवामा अखिल (छैठौँ) को भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०८१ भदौ २३ गते आइतबार सो भेला सम्पन्न भएको हो ।
राजपुरको अध्यक्षमा केसी
राजपुर गाउँपालिकामा सम्पन्न भेलाले मीना केसी अध्यक्ष १९ सदस्यीय पालिका समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा पवित्रा बाठामगर, सचिवमा नारायण बुढा, सहसचिवमा निर्मला रोका र कोषाध्यक्षमा ज्योति रोका चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा सुमन घर्ती, मुना बुढा, अमर बुढा, सतमान पुन, लक्ष्मी पुन, अन्जना विक, अमृता घर्ती, शिवानी विक, किरण केसी, गङ्गा कुँवर मगर, खुमा बुढा, अनिता घर्ति र प्रभात बुढा रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेशचन्द्र रिजाल, राजमो राजपुरका अध्यक्ष टेकबहादुर बुढालगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल महिला सङ्घ दाङकी जिल्ला सदस्य सीता बुढा, महिला नेतृ सावित्रा भण्डारी, पूर्व शिक्षिका कौशल्या भण्डारीलगायतको आतिथ्य रहेको थियो ।
गढवाको अध्यक्षमा आचार्य
त्यसैगरी, गढवा गाउँपालिकाको संस्कृति आचार्यको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा मुस्कान सुनार, सचिवमा परिवर्तन जिसी, सहसचिवमा रबिन अधिकारी र कोषाध्यक्षमा अर्जुन गिरी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा सन्तोष नेपाली, प्रकाश चौधरी, राधा पाण्डे, सविता घिमिरे, आयुषा घिमिरे, मनिस यादव, सुशान्त खनाल, ऋषि रेग्मी, अर्पित आचार्य, पवन आचार्य, सौगात कुँवर, ऋतिक पुरी, आरज केसी र झरना पोखरेल रहनुभएको छ ।
भेलामा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेशचन्द्र रिजाल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
नयाँ समितिलाई राजमो जिल्ला सदस्य कपिलदेव खनाल र राजमो नेता टुकमान कुँवरले बधाई दिनुभएको थियो ।
भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल (छैठौ) राजपुर गाउँपालिका समितिका सचिव नारायण बुढालगायतका आतिथ्य रहेको थियो ।
अर्जुन गिरीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलाको सहजीकरण अखिल (छैठौं) का जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियो ।






