कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन बुझाएको हो ।
Advertisement
ज्ञापन पत्रमा विभिन्न राष्ट्रिय समस्याहरूसहित जिल्लाका समस्या समेटिएको राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउन अध्यक्ष कार्कीसहित, प्रदेश सचिव राजाराम चौधरी, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, सचिव लालबहादुर कुँवर, पूर्वअध्यक्ष जयबहादुर मल्ल, जनक कुँवरलगायत नेताहरू जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

यसअघि राजमोले स्थानीय समस्याहरूलाई समेट्दै स्थानीय तहहरूमा पनि ज्ञापन पत्र बुझाएको थियो ।
राजमोले संघीयताको खारेजी, राष्ट्रियता रक्षा, भ्रष्टाचार नियन्त्रणलगायत स्थानीय समस्यालाई समेटेर देशैभरका पालिका तथा जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइरहेको छ ।