बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङद्वारा सञ्चालित विशेष सङ्गठनात्मक अभियानअन्तर्गत कतै सभा सम्पन्न भएको छ त कतै ज्ञापनपत्र बुझाइएको छ ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” नाराका साथ २०८१ भदौ १४ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
त्यस क्रममा बाटाकाचौर, पैयुँथन्थाप, नारायणस्थान, मल्म, रणसिंहकिटेनी, घोसा, देविस्थानमा गरी सातओटै टोलीका कार्यक्रम सम्पन्न भएका छन् ।
टोली नं. १
टोली नं.. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं.. ३ बाटाकाचौरमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सहसचिव तुफान पुन, अखिल नेपाल महिला सङ्घ बरेङका अध्यक्ष तुल्सी बस्याललगायतले मन्तव्य दिनुभएको थियो ।

पृथीबहादुर पुनको अध्यक्षता, जमुना बुढाथोकीको सञ्चालन र मनबहादुर पुनको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. २
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ९ पैयुँथन्थापमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगर प्रमुख नरबहादुर पुन, राजमो जिल्ला सहसचिव शान्तकला शर्मा, राजमो जिल्ला सदस्य ठाकुर शर्मा, अखिल नेपाल किसान महासङ्घ बागलुङको उपाध्यक्ष होकबहादुर पुन, जातीय समता समाज बागलुङका सदस्य विष्णुकली दर्जीलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

वीरेन्द्र थापाको अध्यक्षता, दिलिप परियारको सञ्चालन र थमबहादुर घर्तीको स्वागत मन्तव्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

टोली नं. ३
टोली नं. ३ को कार्यक्रम बागलुङ नगरपालिकाको वडा नं. १४ नारायणस्थानमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, अखिल नेपाल उद्योग व्यापार सङ्घ बागलुङका सदस्य केशव सुवेदी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका राजेन्द्र सुवेदी, युवक सङ्घ बागलुङका सदस्य प्रकाश पौडेल, प्रदीप पुनलगायतले मन्तव्य दिनुभएको थियो ।

वडासमितिका अध्यक्ष रामबहादुर खडकाको अध्यक्षता, योगेन्द्र पौडेलको सञ्चालन तथा वडासमितिका सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठको स्वागत मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ४
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ७ मल्ममा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, राजमो जिल्ला सदस्य पदम श्रेष्ठलगायतले शुभकामना दिनुभएको थियो ।

दलबहादुर थापाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा मिनबहादुर दर्जीको सञ्चालन र यसोधा थापाको स्वागत मन्तव्य रहेको थियो ।
टोली नं. ५
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ८ रणसिंहकिटेनीमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, जङ्गबहादुर बलाललगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।

लोकबहादुर पाइजाको अध्यक्षता र लीलप्रसाद घर्तीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ६
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ३ घोसामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, कमला पाण्डेलगायतले मन्तव्य दिनुभएको थियो ।

हीराबहादुर खत्रीको अध्यक्षता, नारायण घर्तीको सञ्चालन तथा नरबहादुर सुनारको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ७
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. २ देविस्थानमा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, राजमो जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य राख्नुभएको थियो ।
मनबहादुर नेपालीको अध्यक्षता तथा लालबहादुर सिंजालीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. १ र ७ ले बुझायो ज्ञापन
आजै टोली नं. १ ले राष्ट्रिय तथा स्थानीय समस्याको विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सदस्य हीराबहादुर थापा, राजमो बरेङका सहसचिव तुफान पुन, शेरबहादुर थापालगायतको प्रतिनिधित्व रहेको थियो ।
ज्ञापनपत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष शर्माले कार्यान्वयनका तथा सहजीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, टोली नं. ७ ले पनि निसीखोला गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रेमबहादुर घर्तीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, राजमो जिल्ला सदस्य थमन घर्ती, जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायत पालिकास्तरीय नेता तथा कार्यकर्ताको प्रतिनिधित्व रहेको थियो ।
ज्ञापनपत्र बुझेपछि पालिकाका अध्यक्ष घर्तीले कार्यान्वयनका तथा सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता राख्नुभएको थियो ।
