• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मल अभाव विरुद्ध असार २५ गते अप्फाले प्रदर्शन गर्दै


  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले मल अभावको विरुद्ध आगामी असार २५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

    Advertisement

    ‘गोदाममा राखिएका र कालोबजारीको हातमा रहेको मल तत्काल वितरण गर !’ ‘दीर्घकालीन रूपमा मल अभावको समस्या समाधान गर !’ नाराका साथ अप्फाले सो प्रदर्शन गर्ने भएको हो ।

    २०८१ असार १६ गते आइतबार अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा विरोध प्रदर्शनबारे सो जानकारी दिइएको छ । असार १५ गते सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको प्रेसवक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ 
    “असार १५ किसानको महत्त्वपूर्ण पर्वको दिन अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय सचिवालय बैठकले यही २०८१ साल असार २५ गते देशव्यापी रूपमा मलअभावलाई समाधान गर्न मलआपूर्तिको लागि सरकारको विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    सरकारले मलको अभाव छैन भनिरहेको छ तर विशेषतः तराई क्षेत्रमा धान रोप्ने बेलामा मलको हाहाकार मच्चिरहेको छ ।

    सरकारबाट सीमित प्रकारको मल वितरण, त्यहीमाथि सरकारपक्षीय पार्टीहरूको हालिमुहालीले सर्वसाधारण जनताले कालोबजारी र भारतबाट अवैध रूपमा भित्रिने कमसल मललाई उच्च रकम तिरेर धान रोप्नुपरिरहेको छ । असार १५ गते धान दिवस मनाउने सरकारले भएका मल पनि कमिसन र अवैध रूपमा वितरण गर्दा सर्वसाधारण किसानलाई मलको अभाव भइरहको छ । ‘गोदाममा राखिएका र कालोबजारीको हातमा रहेको मल तत्काल वितरण गर !’, ‘दीर्घकालीन रूपमा मल अभावको समस्या समाधान गर !’ भन्ने नाराका साथ सङ्घर्षमा उत्रिने निर्णय गरेको छ ।

    पहाडमा तराईको अपेक्षा कम धानखेती हुने गर्दछ । देशको मुख्य धानखेती तराईमा नै हुने गर्दछ । त्यसैले धानसहित बर्खे वा हिउँदेबालीमा प्रमुख रूपमा प्रयोग हुने मलखाद आम किसानसम्म पुर्‍याउन देशव्यापी रूपमा किसानले आवाज उठाउनुपर्दछ । त्यसका लागि सबै न्यायप्रेमी जनताले यस विरोध प्रदर्शनलाई साथ दिन आह्वान गर्दछ ।”

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.