• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

भूमिकास्थानमा मनाइयो एक्काइसौँ राष्ट्रिय धान दिवस


  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल, नुवाकोट (अर्घाखाँची) ।

    Advertisement

    एक्काइसौँ राष्ट्रिय धान दिवस (असार १५) अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पनि मनाइएको छ । भूमिकास्थान नगरपालिका कृषि शाखाको आयोजनामा वडा नं. २ ढाकाबाङको खाकावेशीमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो ।

    “जलवायु मैत्री कृषि : धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ एक्काइसौँ राष्ट्रिय धान दिवस मनाइएको भूमिकास्थान नगरपालिका कृषि शाखाले जनाएको छ ।

    नगरप्रमुख झविलाल थापा, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ३ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, कार्यपालिका सदस्य, वडासदस्य, सञ्चारकर्मी, विभिन्न कृषि सहकारी संस्थाका अध्यक्ष र कृषकको उपस्थितिमा धानरोपाइ गरिएको थियो ।

    सो अवसरमा नगरप्रमुख थापाले नगरवासीको मुख्य आम्दानीको स्रोत धान नै रहेकाले यसको उत्पादन बढाउन र यहाँका किसानको संरक्षण गर्ने मुख्य दायित्व स्थानीय तहको काँधमा रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताउनुभयो ।

    ‘हामी बाँच्नका लागि धानको सहारा लिन्छौँ’ नगरप्रमुख थापाले भन्नुभयो– ‘तर धान उत्पादन गर्ने किसानलाई बचाउने प्रयास गर्दैनौँ ।’ अब किसानलाई बचाउने कार्यतर्फ नगरपालिका सदैव तत्पर रहन्छ ।

    सोही अवसरमा सहभागी र अतिथिलाई दहीचिउरासमेत भोजन गराइएको नगरपालिका कृषि विकास शाखा प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो ।

    नेपाल कृषिप्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषिपेसामा निर्भर रहेकाले बर्सेनि धानदिवस मनाउने गरिएको छ । २०६१ मङ्सिर २९ गते मन्त्रिपरिषदले निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

    आइतबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.