• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्वरोजगार र उत्पादनमा जोड दिँदै भूमिकास्थानले ल्यायो बजेट


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, नुवाकोट ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट पेस गरेको छ ।

    २०८१ असार १० गते सोमबार सम्पन्न नगरसभा तथा पन्ध्रौँ अधिवेशनमा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बजेट पेस गर्नुभएको हो ।

    यो बजेट चालु आर्थिक वर्षको भन्दा ३० लाख ११ हजार रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा भूमिकास्थानले ८६ करोड ५८ लाख ३६ हजार बराबरको बजेट खर्च गरिरहेको छ । नगरउपप्रमुख बन्जाडेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने २९ करोड ७७ लाख ८५ हजार अर्थात ३४.२७ प्रतिशत रकम पुँजीगततर्फ छुट्याइएको छ ।

    कुल बजेटमा ७० लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा सङ्घीय वित्तीय समानीकरण अनुदान ११ करोड ०२ लाख, सङ्घस्य सःशर्त अनुदान ३५ करोड ५२ लाख ६५ हजार, सङ्घीय राजस्व बाँडफाँड ११ करोड १० लाख ११ हजार, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत ५५ लाख, सङ्घीय सरकार समपूरक अनुदान पुँजीगत १ करोड, सङ्घीय सरकार रोयल्टी २७ लाख ८८ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

    त्यस्तै, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ७४ लाख ८२ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५ लाख, प्रदेश नवप्रवर्द्धन म्याचिङ १ करोड, प्रदेश सशर्त अनुदान १ करोड १० लाख र प्रदेश राजस्व बाँडफाँडतर्फ १ करोड ४० लाख रहने आँकलन गरिएको छ ।

    आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि भूमिकास्थानले १० करोड ६९ लाख ८१ हजार विनियोजन गरेको छ भने जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कर्यक्रमको लागि १८ करोड ५० लाख विनियोजन भएको छ ।

    भूमिकास्थानले जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमबाहेकको कुल विनियोजित बजेट ६८ करोड ७४ लाख ३८ हजारमध्ये आर्थिक विकास तर्फ ३२ करोड ८९ लाख ९४ हजार अर्थात ५ प्रतिशत, सामाजिक विकास तर्फ ३९ करोड ७९ हजार ३१ हजार अर्थात ५८ प्रतिशत, पूर्वाधार विकास तर्फ १३ करोड ९१ लाख अर्थात २० प्रतिशत, वन वातावरण तर्फ ४० लाख र सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९९ लाख ४९ हजार अर्थात १६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

    भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी, स्वरोजगार र उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको नगर प्रमुख झविलाल थापाले बताउनुभयो । जस अनुसार नवप्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने, आगामी आर्थिक बर्षमा ५ सय व्यक्तिलाई स्वरोजगार बनाउने गरी हस्तकलाका सामग्री उत्पादन र बजारीकरणमा संलग्न गराउने नगरपालिकाले निति तथा कार्यक्रम बनाएको नगर प्रमुख थापाको भनाइ छ ।

    भूमिकास्थानले नगरस्तरिय मुख्य सडकको अतिरिक्त वडा स्तरका १० ओटा सडकमा समेत कालोपत्रेको कार्य प्रारम्भ गर्ने गरि बजेटको व्यवस्था गरेको छ ।

    त्यस्तै, आगलागी बाट हुने जोखिम न्यूनिकरणको लागि नगरपालिकाले सामूदायिक वनसँगको समन्वयमा वस्तिको नजिक रहेका पातपतिङ्गर तथा झाडी सङ्कलन गरी कम्पोस्ट मल बनाउने नीति लिएको छ ।

    नगरपालिकाले पूर्वाधार, भू उपयोग र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत/सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवम् हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन तथा युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिनुभएको छ ।

     

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.