• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

यस वर्ष पनि भएन बागलुङ–घोडाबाँधे सडक कालोपत्र


  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यस वर्ष पनि कालोपत्र नहुने भएको छ ।

    Advertisement

    २६ वर्ष अगाडि र्ट्याक खुलेको लोकमार्ग कालोपत्र गर्न झन्डै एक दशकअगाडि निर्माण कम्पनीलाई जिम्मा दिइएकोमा काम नगर्दा चालु आर्थिक वर्षमा पनि नसकिने भएको हो ।

    कालोपत्र गर्न दुई खण्डमा गरी ठेक्का लगाइएको थियो । बागलुङ नगरपालिका–४ उपल्लाचौरबाट काठेखोला गाउँपालिका–५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र इनारपानी घुम्ती भन्दामाथि घोडाबाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ ।

    दोस्रो खण्ड इनारपानी घुम्तीबाट घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको सूचना अधिकारी इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो ।

    पहिलो खण्ड उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दा सात किमि सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमि रहेको उहाँको भनाइ छ । इन्जिनियर ढकालका अनुसार यस खण्ड चालु आर्थिक वर्षमा नसकिने भएपछि निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म सक्ने गरी म्याद थप गरेको छ ।

    दोस्रो खण्ड २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/ई सिसी जेभी गत पुसमा सूचीमा परेको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो ।

    काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किमि सडक एमपी सितानी एन्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रूपमा ठेक्का लिएका थिए । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा रु ३३ करोड स्रोत सुनिश्चित गरेको थियो ।

    अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउन प्राविधिक मूल्याङ्कनको काम भइरहेको इन्जिनियर ढकालले बताउनुभयो । उहाँले यस वर्षको बर्खा लाग्न सुरु भएकाले कालोपत्रको काम नहुने बताउनुभयो । कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उहाँको भनाइ छ ।

    पहिलो खण्डको काम सम्पन्न गर्न सुरुमा रु ३९ करोड ७१ लाखमा सम्झौता गरेकोमा उक्त लागत बढेर रु ४३ करोड ६५ लाख पुगेको इन्जिनियर ढकालले जानकारी दिनुभयो । अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षाअनुसार गर्न नसकेको उहाँको भनाइ छ ।
    हालसम्म पाँचौँपटक म्याद थप गरेको हुँदा आगामी पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने भन्दै दबाब दिएको इन्जिनियर ढकालले बताउनुभयो । उहाँका अनुसार यस खण्डमा २० प्रतिशत मात्रै काम गर्न बाँकी छ ।

    ‘पहिलो खण्डअन्तर्गत उपल्लाचौरबाट कोपिला घुम्तीसम्मको काम भइरहे पनि अपेक्षाअनुसार भएको छैन । यी दुई खण्डकै काम धेरै अगाडि सकिनुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले अहिलेसम्म सकिन सकेको छैन’ इन्जिनियर ढकालले भन्नुभयो– ‘पहिलो खण्ड ८० र दोस्रो ७४ प्रतिशत मात्रै काम भएको छ, दोस्रो खण्डको केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ ।’

    लोकमार्ग खुलेको डेढ दशक बित्दा पनि कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको काठेखोला–५ का नन्दप्रसाद कँडेलले बताउनुभयो । बर्खामा हिलो र हिउँदमा धुलोका कारण सडक छेउछाउका बस्ती नै विस्थापित हुनुपरेको उहाँले गुनासो पोख्नुभयो ।

    हिउँदमा सडकको धुलोले घरै पुरिने हुँदा स्थानीयले घर सम्पत्ति छोडेर भाग्नु परेको कँडेलको भनाइ छ । राज्यले काम नगर्ने ठेकेदारलाई कारबाही नगर्दा यो स्थिति आएको उहाँले बताउनुभयो । (रासस)

    शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.