• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

तीज गीत : छोरी–चेलीको सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायुको प्रभाव कायमै : पूर्वानुमान महाशाखा

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

प्रवासी नेपालीले आफ्नो राष्ट्र बिर्सनुहुँदैन : शर्मा


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • भोपाल (भारत) । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले प्रवासी नेपालीले आफ्नो राष्ट्रलाई बिर्सन नहुने बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यउत्तर क्षेत्रीय समितिको छैटौँ सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । सम्मेलन गत मे २७ र २८ (२०२३) मा मध्यप्रदेशको मुकाम भोपालमा सम्पन्न भएको थियो ।

    ‘प्रवासी नेपालीहरूले आफ्नो श्रम बेचिरहेका छन् । त्यसका बाबजुद उनीहरूले आफ्नो राष्ट्र र गौरवको बिर्सनु हुँदैन’ उहाँले भन्नुभयो– ‘राष्ट्रियता दिनप्रतिदिन कमजोर हुँदैछ । प्रवासी नेपालीहरू राष्ट्र र राष्ट्रियताप्रति गम्भीर बन्नुपर्दछ ।’

    पुँजीवादले नेपाली जनतालाई सुनियोजित प्रकारले लुट्दै गएको बताउँदै उहाँले विश्व राजनीतिक वृत्तमा साम्राज्यवादी शक्तिले नेपाललाई उपयोग गर्न यस्तो गरिएको बताउनुभयो ।

    नेपालमा राजनीतिक पार्टीहरूले आफ्नो सत्ता टिकाउनकै लागि विदेशी शक्तिलाई खुसी पार्न देशको विभिन्न स्थानलाई समेत विदेशीले आफ्नो मानचित्रमा पार्दा समेत मौन भएको बताउनुभयो । उपाध्यक्ष शर्माले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादको गतिविधि नेपालमा तीव्र रूपमा बढिरहेको छ तर सरकार मौन छ ।’

    सम्मेलनमा महासचिव कुलबहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो ।

    “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि सङ्घर्ष गरौँ ¤ भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ सम्पन्न उक्त सम्मेलनको अध्यक्षता रामप्रसाद बस्यालले र सञ्चालन नारायण सापकोटाले गर्नुभएको थियो । उद्घाटन समारोहमा छविलाल बञ्जाडे र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    घोषणासभाको अध्यक्षता लालबहादुर क्षेत्रीले र सञ्चालन अर्जुन जिएमले गर्नु भएको थियो ।

    नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले गर्नुभएको थियो ।

    सम्मेलनले रामप्रसाद बस्याल (इलाहावाद) अध्यक्ष रहनुभएको क्षेत्रीय समितिको कार्यसमिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा लालबहादुर क्षेत्री (भोपाल), सचिवमा नारायण सापकोटा (भोपाल), सहसचिवमा लोकबहादुर गुरुङ (कानपुर) र कोषाध्यक्षमा लक्ष्मिप्रसाद ज्ञवाली (इलाहावाद) रहनुभएको छ ।

    समितिको सदस्यहरूमा गोमा थापा (इलाहावाद), वीरबहादुर जिसी (कानपुर), खिमबहादुर केसी (कानपुर), खगराज पौडेल (लखनऊ), रामबहादुर गुरुङ (गोरखपुर), तालबहादुर खड्का (भोपाल), सुरेश पाण्डे (भोपाल), सोनु थापा (भोपाल), दुर्गाप्रसाद न्यौपाने (इल्लाहवाद), अर्जुन जिएम (भोपाल) तथा एक स्थान रिक्त राखिएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा छविलाल बञ्जाडे (इलाहावाद), अनिल आले (इलाहवाद), टोपबहादुर पुन (लखनऊ), भूपेन्द्र शाह (भोपाल) र कमल बिएम (इन्दौर) रहनुभएको छ ।

    सम्मेलनले राजु अधिकारी (इलाहावाद), शिवबहादुर विक (कानपुर), अशोक सुनुवार (लखनऊ), टेकबहादुर गुरुङ (गोरखपुर) र लक्ष्मी रोकामगर (भोपाल) लाई सल्लाहकारमा चयन गरेको छ ।

    त्यस्तै रामप्रसाद बस्याल, नारायण सापकोटा, लक्ष्मिप्रसाद ज्ञावली, वीरबहादुर जिसी र अर्जुन जिएम रहेको सचिवालयसमेत गठन गरिएको छ ।

    सम्मेलनले मध्यउत्तर क्षेत्रीय महिला विभाग गठन गरेको जानकारी दिइएको थियो । विभागको संयोजकमा सोनु थापा (भोपाल) तथा सदस्यहरूमा गोमा थापा (इलाहावाद), गङ्गा ज्ञवाली (इलाहावाद), सविता शर्मा (इलाहावाद), लक्ष्मी रोकामगर (भोपाल), प्रेम शर्मा (भोपाल), श्रीमाया खाम्चाकी (भोपाल), निर्मला क्षेत्री (भोपाल), लक्ष्मी राना (भोपाल), हरिकला गुरुङ, कमला बेलबासे, मीना थापा, अमृता बिएम, सविता गुरुङ रहनुभएको छ ।

    घोषणासभामा मूल प्रवाहका केन्द्रीय सदस्य भीमबहादुर थापा, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य उषा थापा, अखिल भारत नेपाली एकता मञ्चबाट नगेन्द्र ढकाल, जनसम्पर्क समितिबाट लोकमणि शर्मा, जनकल्याण समितिबाट डोलराज भण्डारी, प्रवासी नेपाली सङ्घ भारतबाट ऋषिराम रानाभाट, पशुपति नेपाली समाजबाट विष्णु शर्मा, व्यापारी सङ्घबाट गणेश पाण्डे, डोलराज गैरेलगायतका आतिथ्य रहेको थियो ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक विभागका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।   

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
    रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
    रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
    भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु
    भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
    चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

    • २.
      रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

    • ३.
      रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

    • ४.
      भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

    • ५.
      भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

    • ६.
      चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    • ७.
      तीज गीत : छोरी–चेलीको सुरक्षा

    • ८.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.