दिनेश रैदास, दाङ ।
नेकपा (मसाल) का दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले देश र नेपाली जनताको लागि संघीयता विषवृक्ष भएको बताउनु भयो ।
शुक्रबार राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै घोराहीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । उहाँले संघीयता खारेज नहुन्जेल सम्म देशको आर्थिक प्रणालीलाई माथि उठाउन नसकिने बताउनुभयो ।
प्रवक्ता भण्डारीले संघीयता खारेज गर्न नेपाली जनता जागरुक र एकताबद्ध हुन् आवश्यक रहेको पनि बताउनु भयो।

त्यस्तै, राजमो सदस्य तथा महिला नेत्री कृष्णा रानाले कालाबजारी, महंगी, भ्रष्टचार, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा राष्ट्रिय जनमोर्चा निरन्तर लागिरहेको बताउनु भयो।

राजमो घोराही उपमहानगर समितिका सचिव मनिराम खनालको सञ्चालनमा विरोध कार्यक्रम अघि बढेको थियो ।
राजमो घोराही उपमहानगर समितिको आयोजनामा गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघीयता खारेज गरौं भन्दै घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेको छ।

राजमो केन्द्रीय कार्यक्रम अनुसार दाङ जिल्लाको विभिन्न स्थानमा संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन भैरहेको छ ।