• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘रविको नागरिकता र पासपोर्टभन्दा खतरनाक अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नता’


  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद दिएको छ ।

    Advertisement

    गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पनु गम्भीर आपत्तिको विषय भएको मसालले बताएको छ । प्रधानमन्त्री दाहालले रविलाई पुनः गृहमन्त्री नबनाएर केही हदसम्म आफ्नो गल्ती सच्याएको बताएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले मंगलबार जारी गरेको विज्ञप्तिमा सत्ता छोड्नुपर्दा रविले व्यक्त गरेका कुराले नै उनी अत्यन्त गैरराजनीतिक व्यक्ति भएको स्पष्ट भएको पनि बताउनुभएको छ ।

    साथै, नेपाली सञ्चार क्षेत्रले रविप्रति सही राजनीतिक दृष्टिकोण अपनाएकोमा पनि धन्यवाद दिइएको छ ।

    मसालले रविको नागरिकता र पासपोर्टप्रति सबैको ध्यान गएको तर, उनको अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नतातर्फ पनि सबैको ध्यानाकर्षण गराउँदै त्यो कुरा नेपालका लागि बढी घातक रहेको जनाएको छ ।

    वक्तव्यमा भनिएको छ :
    ‘प्रधानमन्त्री प्रचण्डले चौतर्फी दबाबका बाबजुद रवि लामिछाने वा स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिनका लागि देखाएको दृढताका लागि हामीले धन्यवाद दिन चाहन्छौँ । त्यही क्रममा एमालेका नेता अध्यक्ष ओलीले सर्वोच्चको फैसलाको विरोधमा र रवि लामिछानेको पक्षमा जसरी वकालत गरे, त्यसले उनको राजनीतिक दिवालियापनलाई नाङ्गो प्रकारले प्रदर्शन गरेको छ । घटनाक्रमबाट रवि लामिछानेमा इमानदारिता नभएको कुरा त पहिले नै प्रष्ट भइसकेको थियो तर पत्रकार सम्मेलनको बेलामा उनले दिएका अभिव्यक्ति वा उनले प्रकट गरेको आक्रोशबाट उनको राजनीतिक स्तर पनि नभएको कुरा प्रष्ट भएको छ ।

    रवि लामिछानको प्रश्न खालि उनीसम्म मात्र सीमित छैन, उनी जस्तो नेपालको नागरिक पनि नभएको व्यक्तिलाई उपप्रधानमन्त्री र गृहमन्त्री समेत किन बनाइयो ? त्यो प्रश्नको जवाफ वर्तमान सत्ता गठबन्धनले दिनुपर्ने छ वा इतिहासले उनीहरूसित त्यो प्रश्नको जवाफ माग्ने छ । प्रचण्डले अहिले उनलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेर त्यो गल्तीलाई केही सच्चाएका छन् तर ओली र अहिलेका सत्ता गठबन्धनका अन्य घटकले अहिले पनि रवि लामिछानेको पक्ष लिइरहेका छन् । त्यसले उनीहरूको देश, जनता र संविधान समेत प्रतिको गम्भीर गैर जिम्मेवारीपनलाई नै बताउँछ ।

    यसका लागि हामीले नेपालका सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहन्छौँ कि रवि लामिछाने प्रकरणमा उनीहरूले अत्यन्त सही दृष्टिकोण अपनाएका छन् । त्यस सन्दर्भमा उनले सञ्चार माध्यमहरूप्रति अन्यन्तै निम्नस्तरको गालीगलौजको भाषामा जुन आक्षेप लगाएका छन्, ती भ्रत्र्सना र निन्दायोग्य छन् । थाहा भएअनुसार कतिपय स्थानमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कतिपय समाचार पत्र जलाएर सञ्चार माध्यमप्रतिको आफ्नो आक्रोश पनि व्यक्त गर्ने गरेका छन् । त्यसरी उनीहरूले स्वयम् आफूलाई नै झन्पछि झन् उदों बनाउँदै लगिराखेका छन् ।

    रवि लामिछानेको अवैध नागरिकता वा दोहोरो नागरिकताबारे धेरै कुरा उठेका छन् । त्यो कारणले उनी उपप्रधानमन्त्री र गृहमन्त्रीका साथै सांसदको पदबाट पनि हट्नुपरेको छ र त्यो कुरालाई हाम्रो पार्टीले स्वागत गरेको छ । अहिले उनको दोहोरो पासपोर्टबारे पनि कुरा उठेको छ र त्यसबारे छानबिन भइरहेको छ । त्यो छानबिनलाई प्रभावित गर्न उनले सांसद नभएको मान्छेले पनि गृहमन्त्री बन्न धेरै जोड गरेका थिए र ओलीले पनि त्यसका लागि धेरै शक्ति लगाएका थिए तर प्रचण्डले ओलीको त्यस प्रकारको दबाबमा नआएर अत्यन्त सही कार्य गरेका छन् र उनको त्यो कार्यले देशलाई ठुलो अनिष्टबाट बचाएको छ ।

    देशमा रवि लामिछानेको अवैध नागरिकता र दोहोरो पासपोर्टबारे धेरै कुरा उठेका छन् । जे–जति कुरा उठेका छन्, ती सही पनि छन् तर आमजनता, राजनीतिक पार्टी र सञ्चार माध्यमको पनि एउटा महत्वपूर्ण पक्षप्रति ध्यान गएको पाइन्न । त्यो पक्ष के हो भने उनको अमेरिकी साम्राज्यवाद वा सिआइएसँगको संलग्नता । उनको कार्यविधिको प्रधानपक्ष त्यही हो । खालि हाम्रो पार्टीले मात्र एक्लै त्यो कुरा उठाएको छ । त्यसरी उनको समस्यालाई खाली अवैध नागरिकता र दोहोरो पासपोर्टको रूपमा मात्र बुझ्नु त्यसबाट सम्भावित वास्तविक राष्ट्रिय खतराप्रति आँखा चिम्लनु हुने छ । अमेरिकी साम्राज्यवादले नेपालको संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्ने रणनीतिअन्तर्गत नै नेपालमा स्वतन्त्र पार्टी गठन गरेको कुरा प्रष्ट छ । त्यसबाट देशलाई गम्भीर खतरा पुग्ने कुरा प्रष्ट छ र त्यसप्रति हामीले सम्पूर्ण देश र जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।’

    २०७९ माघ २४ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.