परासी । राष्ट्रिय जनमोर्चा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले संघीयता खारेजी सभा सम्पन्न गरेको छ ।
२०७९ माघ २० गते शुक्रबार सुनवल नगर समितिको आयोजनामा सुनवल चोकमा कोणसभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासी जिल्ला सदस्य जितबहादुर पौडेल र राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेलले सम्वोधन गर्नु भएको थियो ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ” मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा वर्तमान मुलुकको राजनीतिमा बढदै गएको प्रतिगमनको खतराप्रति जनतालाई सचेत बनाउँदै २०६२–६३ सालको जनआन्दोलनको उपलब्धि रक्षा गर्न सङ्घर्ष गर्नुको विकल्प नरहेको बताइएको थियो ।
दिन–प्रतिदिन बढ्दै गइरहेको विदेशी साम्राज्यवादको नाङ्गो हस्तक्षेप विरुद्ध नेपाली जनताले आवाज उठाउने र सडक सङ्घर्षबाट मात्रै गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्ने कुरामा वक्ताहरूले जोड दिनुभएको थियो ।
