काठमाडौं । रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक जुम्लाका व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।
सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । डीएसपी चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ।
ति व्यक्तिले आफ्नो पूरै शरीरमा पेट्रोल छर्केका थिए। तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन ।
आत्मदाहको प्रयास गरेका व्यक्तिलाई प्रहरीले जोगाएपछि प्रहरीसँगको उनको संवादसहितको भिडिओ सार्वजनिक भएको छ ।
सो भिडिओमा उनले भनेका छन्, ‘देशमा जताततै भ्रष्टाचार र अनियमितता छ, रविले पनि न्याय पाएनन् । रवि लामिछानेलाई न्याय चाहियो। उनले त न्याय नपाउने देशमा बाँचेर के गर्नु ?’