कुलबहादुर छन्त्याल, बागलुङ बजार ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका–७ को दोस्रो वडा सम्मेलन सम्मेलन सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यमा २०७९ माघ ११ गते बुधबार सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले गणतन्त्र, राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीलागि राष्ट्रिय जनमोर्चाको आन्दोलन निरन्तर अगाडि बढ्ने बताउनुभयो ।
तात्कालिक राजनीतिक सन्दर्भमा विचार व्यक्त गर्दै उहाँले अहिलेको सरकार प्रतिगमनकारीसहित बनेकोले देशमा पुन: प्रतिगमन हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
‘महङ्गी, भ्रष्टाचार, घुसखोरीले चरम रूप लिएकाले देश र देशको जनता मर्कामा परिरहेको अवस्था छ’ उहाँले भन्नुभयो– ‘त्यसको विरुद्धमा सबै नेपाली जनता एकजुट हुन आवश्यक छ ।’
सम्मेलनमा राजमो बागलुङका जिल्ला सदस्यहरू दीपक थापा र धनबहादुर अदैले पनि मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनले १७ पूर्ण र ४ सल्लाहकार गरी २१ सदस्यीय राजमोको ढोरपाटन–७ वडासमिति गठन गरेको छ । समितिको अध्यक्षमा चन्द्रसिंह कुमाई, उपाध्यक्षमा भेकबहादुर कायत, कोषाध्यक्षमा मेहरसिंह कायत, सचिवमा रामबहादुर कायत र सहसचिवमा गुमानसिंह कुमाई रहनुभएको छ ।
त्यसतै, सदस्यहरूमा झकबहादुर कायत, पुष्कर अदै, बेलबहादुर विक, दीपक विक, विष्णु विक, समबहादुर कायत, विशाल कायत, होमलाल थापा, तालबहादुर सुनार, खिमबहादुर सुनार र गुमानसिंह कायत रहनुभएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
सम्मेलनले धनबहादुर अदै, दीपक थापा, झकबहादुर अदै र पनबहादुर अदैलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलन चन्द्रसिंहको अध्यक्षता, पुष्कर अदैको स्वागत मन्तव्य र रामबहादुर कायतको सञ्चालनसँगै सम्पन्न भएको थियो ।