धनगढी । सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा कैलालीले ज्ञापनपत्र बुझाएको छ ।
राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ माघ १० गते मङ्गलबार सो ज्ञापन जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाएको हो ।
प्रतिनिधि मण्डलमा राजमो कैलालीका अध्यक्ष जगत्प्रसाद जोशी, जिल्ला सचिवालय सदस्य हेमराज भट्ट, जिल्ला सदस्य अन्जना मास्के, अर्का जिल्ला सदस्य शङ्कर सोब तथा राजमो नेताहरू खेमराज बडु, हरिकृष्ण पाण्डे, शोभामणि भट्ट, कल्पना बराल र सालिमान साउन हुनुहुन्थ्यो ।
राजमो केन्द्रीय समितिको निर्देशनअनुसार उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको हो ।
राजमोले माघ महिनाभरि सङ्घीयता खारेजीका लागि पत्रकार सम्मेलन, ज्ञापनपत्र प्रस्तुत, सभा, अन्तरक्रियालगायतका कार्यक्रम सम्पन्न गरिरहेको छ ।
