प्युठान । जातीय समता समाज र अखिल नेपाल युवक संघ झिमरुक–३, प्युठानका सदस्य तथा झिमरुक गाउँपालिका–३, बाँदिकोट निवासी ३३ वर्षिय वसन्त सामतको सम्झनामा आज उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
उहाँको गत पौष ३० गते माघेसंक्रान्तिको अवसरमा गौमुखी जाने क्रममा अर्खाको ठुलाचौर भिरवाट लडेर मृत्यु भएको हो ।
राष्ट्रिय जनमोर्चा वडा समितिको आयोजनामा भएको कार्यक्रममा अखिल (छैठौं) का महासचिव सुवाश जि.सि., वडा न–३ का वडा अध्यक्ष मिनवहादुर खत्री, राजमो झिमरुकका सचिव केसरजंग एम.सि., जातीय समतासमाजका नेता खिमवहादुर विक, कृष्ण वराल, मोहन विक लगाएतका स्थानीय नेता कार्यक्रताको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्ष राजमोका वडा अध्यक्ष र संचालन नवराज केसिले गर्नुभएको थियो ।

मृतक वसन्त सुनारका ३ नावालक छोरा रहेका छन् । घरको आर्थिक अवस्था धेरै नै कमजोर भएका कारण छोराहरूको सहयोगको लागि पालिका उपाध्यक्ष प्रमोद पोख्रेल लगाएतको पहलमा अहिले आर्थिक अभियान संचालन भएको छ ।
कान्छो छोरा धनवहादुर सामतको नाममा खोलिएको सिटिजन बंैकको ०७५०१००००१३९२०३३ नम्बरको खातामा सहयोग गर्न राष्ट्रिय जनमोर्चाद्वारा सबैलाई अपिल समेत गरिएको छ ।
उहाँ पार्टीप्रती समर्पित र लगनशील युवा हुनुहुन्थ्यो ।