• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कांग्रेसले भन्यो : अवसरवादी गठबन्धनको आयु लामो हुँदैन


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो ।

    Advertisement

    उहाँले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सिमित रहेको बताउनु भयो । उहाँले वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यस गठबन्धनको आयु लामो समय नटिक्ने दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाउनु भयो ।

    उहाँले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पनि आग्रह गर्नुभयो । प्रवक्ता महतले प्रधानमन्त्री दाहालले गठबन्धन तोडेपछि नेपाली कांग्रेस सन्तुष्ट नरहेको पनि बताउनु भयो । उहाँले कांग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताउनु भयो ।

    उहाँले वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिनुभयो । प्रवक्ता महतले वर्तमान गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार काम गर्ने भन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाउनु भयो । प्रवक्ता महतले जनमतको आधारमा नेतृत्व नहुने परिवेश सिर्जना भएको भन्दै आगामी दिनमा यसको गम्भीर छलफल हुनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘प्रचण्डजी किन गठबन्धनलाई छोडेर नेतृत्व प्राप्तिका लागि जानुभयो, यो विषय आगामी दिनमा बिस्तारै विश्लेषण भइरहेको छ । यसबाट आउने परिणाम र यसले पार्ने असरका बारेमा मूल्यांकन भइरहेको छ । नेपाली काँग्रेस कतै विचलित भएको छैन । हामीले गठबन्धनलाई नै निरन्तरता दिने कोशिष गरेका थियौँ । हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी छैन ।

    नेपाली काँग्रेसले नेतृत्व छोडेर नेतृत्व प्रचण्डजीलाई दिएर गठबन्धन बचाउने बारेमा हामीले छलफल गरेर सोच्ने र निर्णयमा पुग्ने समय प्राप्त भएन । हामीले निर्वाचनमा जाँदा गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिवद्धता गरेका थियौँ । त्यो प्रतिवद्धताबाट हामी हटेका होइनौँ, प्रचण्डजी हट्नुभयो । वैकल्पिक गठबन्धनको सरकार बनेको छ, यो अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर राजतन्त्र कुनैपनि हालतमा हुँदैन, गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेदेखि संघीयता चाहिन्छ, चाहिँदै चाहिँदैन भन्नेदेखि विभिन्न स्वरुपका पार्टीहरु एक ठाउँमा पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ, विचार, दृष्टिकोणमा एकता छैन, कुन दलले ठूलो जिम्मेवारी प्राप्त गर्ने भन्ने अवस्थामा रुमल्लिएको छ । नो नट अगेन जस्तो नारा लिएर आउनेहरु पनि उहाँहरुको प्रतिष्पर्धा सत्ता गठबन्धनमा रहेर कुन पदमा बस्ने भन्नेमा सिमित छ । कन्टेन भन्दा देखाउने कुरामा ज्यादा केन्द्रित भएको छ । यो गठबन्धनको सरकारको बिरोधाभाषपूर्ण अवस्था छ । त्यो बोझबाट नै यो गठबन्धनको आयु छोटिनसक्ने प्रशस्त सम्भावनाहरु छन् ।’

    प्रवक्ता महतले आगामी दिनमा नेपाली कांग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली कांग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताउनु भयो । आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि बताउनु भयो ।

    उहाँले पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै कांग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताउनु भयो ।  कांग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.