• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

फुटपरस्तहरूको वास्तविकता

"हाँक साप्ताहिक पनि ‘प्रालि’मा ? "

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    नेकपाको इतिहासमा फुटको लामो फेहरिस्त छ । केही फुट प्राविधिक रुपमा गुट वा व्यक्तिको निहित स्वार्थद्वारा प्रेरित भएका भएपनि सिद्धान्त र नीतिको आधारमा नै सबै भन्दा बढी फुट भएका छन् । त्यसरी सिद्धान्त र नीतिको नाममा भएका सबै भन्दा बढी फुटको सामना नेकापा (मसाल)ले गरेको छ । ४० को दशक यता मात्र मसालको इतिहासमा फुटकर रुपमा पार्टीबाट बाहिरिने बाहेक सात भन्दा बढी समूहगत फुट भएका छन् । त्यसरी भएका ती सबै फुटमा नीति र सिद्धान्तको विषय केन्द्रमा रहेको छ । तर त्यसरी फुटका लागि नीति र सिद्धान्तको विषय मुख्य भएको जस्तो देखिए पनि वास्तविकता के हो ? त्यो प्रश्नप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।

    नीति र सिद्धान्तमा गम्भीर विवाद भई हुने फुट र नीति र सिद्धान्तको आवरणमा रहेर पार्टीमा ल्याइने फुटको बीचमा कुनै साइनो छैन । नीति र सिद्धान्तमा गम्भीर विवाद भई हुने फुटले नीति र सिद्धान्तमा एकरुपता नभएकोले अवश्यमभावी र अनिवार्य फुटको स्थितिको अवगत गराउँछ भने नीति र सिद्धान्तको आवरणमा भएको फुटले कुनै पक्षमा रहेको निहित स्वार्थ वा फुटपरस्त नियतलाई परिभाषित गर्दछ । तर पनि यी दुबै खालका फुटमा सैद्धान्तिकता रहन्छ । त्यसैले त्यस प्रकारका फुटलाई प्राविधिक भन्न मिल्दैन ।

    यो टिप्पणीमा मसालको इतिहासका सबै फुटबारे नभएर ‘हाँक’ साप्ताहिक अपहरण गरेका फुटपरस्त तत्वहरुको वास्तविकताबारे ‘हाँक साप्ताहिक’सित मात्र सम्बन्धित रहेर सानो चर्चा गरिने छ ।

    पहिले ‘हाँक’ साप्ताहिक हाम्रो पार्टीको वैधानिक पत्रिकाको रुपमा रहँदा प्रालिमा लैजाने पार्टीको निर्णयलाई उलङ्घन गर्दै विरोध गरेका तत्वहरुले पनि ‘हाँक’लाई अहिले प्रालिमा लिएका रहेछन् । उनीहरुको त्यस प्रकारको कार्यलाई त्यो पत्रिकाका प्रधानसम्पादक गोविन्दसिंह थापाले विरोध गर्नु भएको छ वा वा समर्थन ? त्यो कुरा अहिले हामीलाई थाहा भएन । तर यो कुरा हामीलाई थाहा छ कि उहाँले हाम्रो पार्टीमा रहेको बेलामा ‘हाँक’ साप्ताहिकलाई पार्टीको सातौँ केन्द्रीय समितिले प्रालिमा लैजाने निर्णय गर्दा त्यसलाई समर्थन गरेर हस्ताक्षर गर्नु भएको थियो । पछि आठौँ महाधिवेशन सम्पन्न भइसकेपछि आठौँ केन्द्रीय समितिले सातौँ केन्द्रीय समितिको उक्त निर्णयलाई कार्यान्वयन गर्दा उहाँले उक्त साप्ताहिक पत्रिकालाई प्रालिमा लैजाने कुराको विरोध गर्नु भएको थियो । उहाँले त्यस प्रकारको रबैया देखाएपछि पार्टीले उहाँलाई स्पष्ट पार्ने प्रयत्न गरेको थियो । तैपनि उहाँले विरोध गरिरहनु भयो ।

    उहाँले त्यसरी विरोध गरिरहनुको मुख्य कारण त्यो पत्रिका उहाँको नाममा दर्ता हुनु नै थियो । त्यसैले उहाँलाई त्यो पत्रिकाको मालिक बन्ने वैधानिकता पनि प्राप्त थियो । त्यही कानुनी आधार समाएर उहाँले पार्टीको निर्णयलाई उलङ्घन गर्ने आँट गर्नुभएको थियो । उहाँको त्यस प्रकारको कार्य पार्टीको निर्णय र अनुशासन विरुद्ध भएकोले उहाँलाई सतर्क बनाउन पार्टीको तर्फबाट पूरा प्रयत्न पनि भएको थियो । तर उहाँले ‘पार्टीले कारवाही गरे पनि गरोस्, तर पत्रिकालाई प्रालिमा लिन नदिने’ भनेर पार्टीलाई जवाफ दिनुभएको थियो । त्यसरी थापालाई पार्टीबाट समेत निष्कासन गर्नुपर्ने स्थिति पैदा भएको थियो । हाम्रो पार्टीबाट निष्काशित भइसकेपछि थापाले त्यो पत्रिकालाई मसाललाई गाली गलौज गरेर दिन बिताइरहेका तत्वहरुको साधन बनाइदिनु भएको थियो । अहिलेसम्म ती तत्वहरुले त्यो धन्दा चलाइरहेका छन् ।

    हामीलाई लागेको थियो, थापाले आफ्नो सम्पत्तिलाई आफैसित सुरक्षित गरिरहनु हुनेछ । अथवा त्यसरी आफैसित सुरक्षित नगरेपनि प्रालिमा त अवश्य पनि लैजानु हुने छैन । किनभने उहाँले प्रालिमा लैजाने पार्टीको निर्णयको विरोध गर्नुभएको थियो र त्यसका लागि उहाँ पार्टीबाट समेत निष्काशित हुनुभएको थियो । तर अब त्यो पत्रिका “हाँक सञ्चार प्रालि”मा रहेको कुरा सार्वजनिक भएको छ । त्यसरी थापाले आफ्नो नामको पत्रिकालाई प्रालिमा लैजाने पार्टीको निर्णयको विरोध गरेर पार्टीलाई फुटाउन क्रियाशील तत्वहरुका लागि काम गरेको कुरा स्पष्ट हुन्छ ।
    थापालाई पार्टीको निर्णय र अनुशासनको उलङ्घन गरेका कारणले पार्टीबाट निष्काशित गरेपछि सबैभन्दा “मर्माहत” फुटपरस्त तत्वहरु नै भएका थिए । यो कुरा सत्य थियो कि गोविन्दसिंह थापा हाम्रो पार्टीका पुराना र लामो पृष्ठभूमिबाट आएका साथी हुनुहुन्थ्यो । तर त्यसका कारणले उहाँलाई पार्टीमा निर्णय र अनुशासनको उलङ्घन गर्न त छुट हुँदैन्थ्यो ।

    पार्टीको इतिहासमा त्यस प्रकारको छुट कसैलाई भएको थिएन भने उहाँलाई पनि किन हुन्थ्यो र ? त्यसैले उहाँ जतिसुकै पुरानो र लामो पृष्ठभूमिबाट आएको भएपनि उहाँ स्वयम्ले नै आफू पार्टीभित्र रहने आधार समाप्त गर्नु भएपछि उहाँ पार्टीबाट बाहिरिनु स्वाभाविक हुन्थ्यो र त्यही भयो । त्यो अवस्थामा उहाँ पार्टीँबाट निष्काशित भइसकेपछि उहाँको ‘पुरानो र लामो पृष्ठभूमि’लाई दुहाइदिएर फुटपरस्त तत्वहरुले ठूलो खैलाबैला मच्चाएका थिए । वास्तवमा त्यो खैलाबैला पुरानो र लामो पृष्ठभूमि भएको व्यक्तिलाई पार्टीबाट निष्काशित गरियो’ भनेर मसालका तमाम समर्थक र शुभेच्छुकलाई भ्रममा पार्नका लागि उपयोग गर्नु थियो । त्यसैले गोविन्द सिंह थापा पार्टीबाट निष्काशित हुँदा फुटपरस्तहरुलाई भएको ‘मर्माहत’ वास्तविक रुपले मर्माहत नभएर उनीहरुको ‘खुसियाली’ थियो भन्ने कुरा प्रष्ट नै थियो । तर वास्तविकता सतहमा नआएकोले त्यसबाट केही भ्रम उत्पन्न हुनु स्वाभाविक थियो । अहिले ‘हाँक सञ्चार प्रालि’ले उनीहरुको कथित ‘सैद्धान्तिक मतभिन्नता’को एक हदसम्म मकुण्डो उतारेको छ ।

    सबै फुटपरस्त तत्वहरू झैँ ‘हाँक’ अपहरणकारीहरु पनि नाङ्गेझार बन्दै जाने छन् । उनीहरुको कथित सिद्धान्त र विचार फुटपरस्तको कार्ययोजना मात्र थियो । उनीहरु सिद्धान्त र नीतिको आवरणमा उम्रिएका फुटपरस्त विरुवा थिए । उनीहरुका विभिन्न फुटपरस्त कार्ययोजनाको मकुण्डो भविष्यमा अरु झन् उदाङ्गिदै जाने छ । त्यो काम उनीहरु स्वयम्ले नै सम्पन्न गर्ने छन् ।

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.