गिरीप्रसाद बुढा, कर्णाली ।
माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानले माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
त्यसक्रममा शुक्रबार अभियानले पत्रकार भेटघाट कार्यक्रम गरि आयोजनाका विविध पक्षबारे स्थानीयबासीलाई जानकारी गराएको छ ।
कार्यक्रममा माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानका अध्यक्ष कमल विक्रम शाहीले आयोजनासम्बन्धी अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । अबधारणा पत्रमाथि पत्रकारहरूले विभिन्न जिज्ञासा राखेका थिए भने अध्यक्ष शाहीले विषयबस्तुबारे थप स्पस्ट पार्नुभएको थियो ।
कार्यक्रममा लोकपाल थापाले स्वागत गर्नुभएको थियो भने सञ्चालन अभियानका महासचिव पूर्ण बहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रममा राजमो नेता नरबहादुर सिंहको पनि उपस्थिती रहेको थियो ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना विदेशी कम्पनी जीएमआरलाई सुम्पनु देश र जनताको हित विरुद्ध भएकोले यो योजना स्वदेशी लगानी मै निर्माण गरिनु पर्ने माग राख्दै अभियानले विगत लामो समयदेखि विरोध सहित विभिन्न कार्यक्रम गर्दै आएको छ ।