काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच भेटवार्ता भएको छ ।नेपाली सेनाको जंगी अड्डामा सोमबार शिष्टाचार भेटवार्ता भएको सेनाले जनाएको हो।
Advertisement
भेटका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको दाबी छ ।