• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओली, यी हुन् सम्भावित मन्त्री


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । केही दिन भित्रै प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुलाई विदा दिएर नयाँ मन्त्री ल्याउन लागेको स्रोतले जनाएको छ ।

    Advertisement

    केन्द्रीय मन्त्रिमण्डलसँगै प्रदेश मन्त्रालयको पनि पुनर्गठन गर्ने तयारी छ । केही मन्त्री तथा प्रदेशका मुख्यमन्त्रीहरु मध्ये पनि केही दोहोरिने सम्भावना छ भने अधिकांश नयाँ अनुहार आउने स्रोतको भनाई छ ।

    सबै मन्त्रीहरूलाई राजिनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा जसलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको छ ।

    नेकपाको करिब दुईतिहाइ बहुमतको सरकार बनेको १ वर्ष ९ महिनापछि गर्न लागिएको मन्त्रिपरिषदमा हेरफेरबारे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ ।

    यी १० मन्त्री बिदा हुँदै छन्
    स्रोतका अनुसार  उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हुँदै छन्।

    बिदा हुन लागेका १० मध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने बाँकी ७ जना पूर्वएमालेबाट ।

    यी मन्त्रीले पाउनेछन् निरन्तरता
    प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन्।

    मत्निपरिषद् हेरफेर गर्न अझै केही दिन लाग्ने हुँदा यो सूचीमा केही फेरबदल हुन सक्नेछ।

    यी हुन् सम्भावित नयाँ अनुहार
    अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई हटाएपछि आफ्ना विश्वासपात्र पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीको ओलीको छ । नेकपाका अर्का प्रभावशाली नेता घनश्याम भुसाललाई पनि मन्त्रिपरिषदमा आउन प्रस्ताव गरेको बुझिएको छ । पार्टीभित्रबाट ओली सरकारका प्रखर आलोचक भुसाललाई मन्त्री बनाउँदा सार्वजनिक रुपमा सरकारको पक्षमा थप माहोल बन्ने र पार्टीमा आफ्ना प्रखर आलोचक माधव नेपाल पक्ष पनि केही शान्त हुने ओलीको आकलन छ।

    नयाँ मन्त्रीको सूचीमा सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे छन् । शिवमायालाई उपसभामुखबाट राजीनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ ।

    पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन् ।

    यस्तै, केही प्रदेशका मुख्यमन्त्री पनि हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । प्रदेश नं ५ का मुख्यमन्त्री केन्द्रीय मन्त्रीमण्डलमा आउन चाहेको तथा राम्रो काम सम्पादन गर्न नसकेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई हटाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.