शकर प्रसाद पोख्रेल
प्युठान । भारतले गरेको सिमानामा हस्तक्षेपका विरुद्ध प्युठानमा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । नेकपा (मसाल)का जनवर्गीय संगठन अखिल नेपाल युवक संघ र अखिल (छैठौ )ले यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
प्युठान सदरमुकाम खलंगाबाट सुरु भएको र्याली बाग्दुला र बिजुवार हुँदै मित्रमणी चोकमा पुगर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा युवक संघका जिल्ला अध्यक्ष मुकुन्द रोका, कमल पौडेल, बरुणध्वज मल्ल, रमेस बिक,अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली, सरोज न्यौपाने, ध्रुव थापा, शंकर पोख्रेललगायत युवा विद्यार्थी नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
बिरोध सभामा सहभागी युवा विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय सेना फिर्ता गर, जाली नक्सा खारेज गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा ‘गो व्याक इन्डिया’ को नारा लगाइएको थियो ।



