प्रकाश थापा मगर
काठमाडौँ । विभिन्न वामपन्थी बुद्धिजीवी तथा लेखक–पत्रकारहरू भारतीय हस्तक्षेपको विरुद्ध देखिएका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकलेकलाई भारतले आफ्नो नक्सामा सामेल गरेकोप्रति विरोध जनाएका छन् ।
अक्टोबर क्रान्तिको अवसरमा एक कार्यक्रममा जुटेका ती बुद्धिजीवी तथा लेखक–पत्रकारहरूले २०७६ कार्तिक २१ गते संयुक्त विज्ञप्तीमार्फत् भनेका छन्– “ भारतको यस प्रकारको हस्तक्षेपकारी तथा विस्तारवादी रवैयाको हामी समस्त वामपन्थी, लेखक, बुद्धिजीवी, कलाकार, पत्रकार, विद्यार्थी, राजनैतिक व्यक्तिलगायत आम स्वाभिमानी व्यक्तिहरूद्वारा सशक्त भत्र्सना गर्दछौँ ।”
विज्ञप्तीमा उनीहरूले अगाडि भनेका छन्– “नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले हालै आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । वर्षौंदेखि भारतले नेपाली भूमि कालापानीमा आफ्नो सेना राख्दै आएको छ । त्यसका साथै नवलपरासीको सुस्ता, पर्साको छपकैया, झापाको महेशपुर, इलामको माने भञ्ज्याङलगायतका नेपाली सीमामाथि अतिक्रमण गरिएको छ । भारतको यस प्रकारको हस्तक्षेपकारी व्यवहारले नेपालको राष्ट्रियता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि गम्भीर चोट पुगेको प्रष्ट छ । भारतको यस प्रकारको हस्तक्षेपकारी तथा विस्तारवादी रवैयाको हामी समस्त वामपन्थी, लेखक, बुद्धिजीवी, कलाकार, पत्रकार, विद्यार्थी, राजनैतिक व्यक्तिलगायत आम स्वाभिमानी व्यक्तिहरूद्वारा सशक्त भत्र्सना गर्दछौँ । मुलुकको राष्ट्रियता तथा सार्वभौमिक स्वतन्त्रता रक्षाका लागि जस्तोसुकै आन्दोलन तथा प्रतिरोधको आवाज उठाउन प्रतिबद्धता जाहेर गर्दछौँ ।
पारिजात स्मृति भवन, म्हेपीमा आज दिनाङ्क २०७६ कार्तिक २१ गतेका दिन अक्टोवर उत्सव मनाउन भएको भेलाले भारतीय हस्तक्षेपका विरुद्ध बृहत् कार्यक्रम निर्धारित गर्न आगामी २५ गते दिउसो २ बजे सम्पूर्ण सरोकार व्यक्ति तथा संस्थाहरूका भेला गर्नेसमेत निर्णय गरेको छ । ”
संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने ५३ जना बुद्धिजीवी, लेखक, कलाकार, पत्रकार, विद्यार्थी र राजनैतिक व्यक्तित्वहरू रहेका छन्– स्वनाम साथी, लोकनारायण सुवेदी, खगेन्द्र सङ्ग्रौला, हरि रोका, रतन भण्डारी, समीर सिंह, आर.बी. भण्डारी, सुरज मेटाफोरिकल, लोककृष्ण भट्टराई, कौशल अधिकारी, नारायण शर्मा पौड्याल, हस्तबहादुर केसी, विदुर खरेल, दीपकबहादुर शाही, सीता सुवेदी, सीता शर्मा, रामसिंह श्रीस, रणेन्द्र बराली, श्रीकृष्ण श्रेष्ठ, सावित्री कट्टेल, काजु खड्का, प्यारीकुमारी राई, डा. चूडा ढकाल, टी.आर. रिजाल, नीलकण्ठ तिवारी, रविप्रसाद गुरागाईं, जीवन जोशी, शिवबहादुर बस्नेत, निनु चापागाईं, शिवराज फुयाँल, शङ्कर दुलाल, उदय श्रेष्ठ, प्रविण शुक्ल, रविन्द्रकुमार श्रेष्ठ, मिलनकुमार लामा, विकासबाबु श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, कृष्ण आचार्य, शिव अधिकारी, कर्ण परियार, डिल्ली अधिकारी, हेमराज आश्रम, कृष्णहरि भट्ट, राजेन्द्र खरेल, क. ज्वाला, प्रा.डा. जीवेन्द्र देव गिरी, मातृका पोख्रेल, भोला ढकाल, विष्णुहरि देवकोटा, सरल सहयात्री, रामविनय, माधव प्रधान, लोकेन्द्र आरसी ।

