• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवादलाई परास्त गर्न देशभक्तिपुर्ण संघर्ष आवश्यकः मसाल


  •   बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्सा बनाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। भारतीय पक्षबाट सार्वजनिक गरिएको त्यो नक्साले नेपालको सार्वभौमिकतालाई चुनौति दिएको भन्दै मसालले वक्तव्यमार्फत आपत्ति जनाएको हो ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले बुधबार जारी गर्नुभएको वक्तव्यमा विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतीय साम्राज्यवाद सो कदमले उसको साम्राज्यवादी चरित्रलाई थप उदाङ्गो बनाएको बताउनुभएको छ ।भारतीइ साम्राज्यवादलाई परास्त गर्न र देशको सार्वभौमिकता रक्षाका लागि जनताको देशभक्तिपुर्ण संघर्षका लागि मसालले जनतासँग आह्वान पनि गरेको छ ।

    यस्तै, मसालले सिन्धुपाल्चोक लगायत देशका विभिन्न भूभागमा भएका दुर्घटनामा भएको मानवीय क्षतिप्रति ध्यानाकर्षण भएको जनाउँदै सडक दुर्घटनाहरु हुन नदिन सडक व्यवस्था र सुरक्षामा सुधार गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

    वक्तव्यमा भनिएको छ:

    ‘नेपालको लिम्पियाधुरालाई भारतको गृहमन्त्रालयले नयाँ राजनीतिक नक्सामा भारतीय क्षेत्रमा राखेको कुरा समाचारहरु सार्वजनिक भएका छन् । लिम्पियाधुरामा कालापानी र लिपूलेक समेत पर्दछन् । विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतीय साम्राज्यवादको साम्राज्यवादी चरित्रलाई यो सिलसिलाले अरु उदाङ्गो बनाएको छ ।

    भारतीय पक्षबाट सार्वजनिक गरिएको त्यो नक्साले नेपालको सार्वभौमिकतालाई चुनौति दिएको कुरा प्रष्ट छ । हाम्रो पार्टीले भारतीय साम्राज्यवादको उक्त साम्राज्यवादी नीतिको भ्रत्र्सना र विरोध गर्दछ । भारतीय साम्राज्यवादले आफ्नो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागभित्र पारेर सार्वजनिक गरेको भएपनि त्यससम्बन्धी नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।

    यस सम्बन्धी आधिकारिक धारणा सार्वजनिक गरेर देशको सार्वभौमिकताको रक्षाको लागि आवश्यक कदम उठाउन हामी नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । यसका साथै देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई अक्षण्णु राख्दै भारतीय साम्राज्यवादलाई परास्त गर्नका लागि देशभक्त नेपाली जनताको देशभक्तिपूर्ण सङ्घर्ष र एकता नै महत्वपूर्ण शक्ति हुनेछ ।

    हाम्रो पार्टीले सम्पूर्ण देशभक्त जनतालाई सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिनका लागि अपील गर्दछ । पछिल्लो समयमा सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानहरुमा भएका सडक दुर्घटनामा कैयौँले ज्यान गुमाउन पुगेका छन् ।

    त्यसरी सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । दुर्घटनामा घाइते हुनेहरुलाई शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ । यसका साथै मृतकहरुका परिवारजनलाई क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था मिलाउनका लागि हामी सरकारको ध्यान आकर्षित गर्दछौँ ।

    नेपालमा लगातार रुपमा सडक दुर्घटनाहरु हुने गरेका छन् । त्यसरी पटकपटक हुने सडक दुर्घटनाहरुबाट ठूलो जनधनको क्षति भइरहेको छ । तर सडक दुर्घटनाहरु हुन नदिन वर्तमान सडक व्यवस्था र सुरक्षामा सुधार गर्नका लागि सम्बन्धित पक्षहरुले कुनै चासो राखेको पाइँदैन । सडक—यातायात सम्बन्धी नियम—कानुनमा रहेका समस्याहरुले पटकपटक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । हामी सरकार र सरोकारवाला सबै पक्षहरुलाई यस सम्बन्धीका नियम कानुमा आवश्यक सुधार गरी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ध्यान आर्कर्षित गर्दछौँ ।’

    भारतकाे एक पक्षीय निर्णय अमान्य; सरकार

    यसैबीच सरकारले बुधबार साँझ एक विज्ञप्ति प्रकासित गरी कालापानी नेपालकै भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुवै देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख छ ।

    ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमानामा रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा सामस्याको समाधान ऐतिहासिक दस्तावेज एंव तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको छ,’ परराष्ट्रले भनेको छ । ’

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.