डोटी । राष्ट्रिय जनमोर्चा डोटीले जिल्ला समितिका पदाधिकारी हेरफेर गरेको छ । रिक्त रहेको जिल्ला उपाध्यक्ष पदमा रमेश अवस्थीलाई पदपूर्ति गरेको छ भने कोषाध्यक्ष पदमा नरेश आले र सहसचिव पदमा खगेन्द्र जोशीलाई पदपूर्ति गरिएको राजमो डोटीले जनाएको छ ।
Advertisement
यही कार्तिक १५, १६ र १७ गते बसेको बैठकले जिल्ला समितिका पदाधिकारीहरूको हेरफेर गरेको सचिव केशवनाथ योगीले जानकारी दिनुभएको छ ।
यस्तै, कार्तिक २३ गतेदेखि मंसिर महिनाको मसान्तसम्म डोटीका विभिन्न स्थानीय तहमा बढ्दो भ्रष्टाचार, बढ्दो महंगी, अनियमितता तथा करमा भएको वृद्धिका बिरुद्ध बिभिन्न चरणमा कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम सुरु गर्ने तथा युवाहरूलाई शारीरिक एवं स्वास्थ्य प्रशिक्षणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय गरेको सचिव योगीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

