बागलुङबजार । बागलुङबजारमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यमा २०८१ माघ २५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो नेता लोकनाथ सुवेदीको विशिष्ट आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिका साथै अखिल नेपाल महिला सङ्घकी उपाध्यक्ष लक्ष्मी बासकोटा र राजमो नेता योगेन्द्र पौडेल लक्ष्मीनारायण श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलामा अखिल नेपाल बुद्धिजीवी सङ्घका पार्षद गोविन्द पौडेल, राजमो बागलुङका जिल्ला सदस्य आशा केसी, अखिल नेपाल युवक सङ्घ बागलुङका जिल्ला सदस्य प्रकाश पौडेल, वडासदस्य चन्द्र विक, बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य चुराबहादुर विक, रक्तिम सांस्कृतिक अभियानका बागलुङ नगर अध्यक्ष भक्तबहादुर सुनार र मासु व्यवसायी सङ्घ बागलुङका अध्यक्ष पदम रायमाझीको पनि आतिथ्य रहेको थियो ।
टेकबहादुर रोकाको सञ्चालन तथा ढुण्डीराज शर्माको अध्यक्षतामा अघि बढेको भेलामा उपस्थित जनसमुदायलाई थानेश्वर सुवेदीले स्वागत गर्नुभएको थियो ।