वीरेन्द्रनगर । सुर्खेतको लेकबेसी नगरपालिकामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को नगर समिति गठन भएको छ ।
महासचिव तुलसी आचार्यको विशेष उपस्थितिमा २०८१ मङ्सिर ७ गते शुक्रबार सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलाले मानबहादुर सटाली अध्यक्ष रहनुभएको सात पूर्ण चार वैकल्पिक र पाँच सल्लाहकारसहितको समिति गठन गरेको छ ।
समितिको सचिवमा बुद्धिकला ठाडा, कोषाध्यक्षमा रामकली सिँजाली, सदस्यमा तुलाराम खाम्चा, दिलबहादुर तारम र दीपक पोखरेल रहनुभएको छ ।
त्यस्तै, समितिको वैकल्पिक सदस्यमा समरबहादुर ठाडा, प्रेमबहादुर ठाडा (ख), भूमिसरा ठाडा र निसा नेपाली तथा सल्लाहकारमा पाण्डव केसी, गगनबहादुर फौजा, शशिराम ठाडा र हर्कबहादुर फौजा रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापाको पनि आतिथ्य रहेको थियो ।
समितिलाई राजमो प्रदेश सदस्य शेरबहादुर परियारले शुभकामना दिनुभएको थियो ।