दिनेश रैदास दाङ, घोराही (दाङ) ।
दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरामा राजमो घोराही नगर सदस्य रोमप्रसाद पोखरेलकी ममतामयी आमा ललीदेवी पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
उहाँको ८५ वर्षको उमेरमा गत २०८१ साउन १६ गते निधन भएकाले साउन २८ गतेका दिन श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।
माइला छोरा रोमप्रसाद पोख्रेलको अध्यक्षतामा अघि बढेको शोकसभामा राजमो जिल्ला सदस्य रामप्रसाद पोख्रेलले भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
शोकसभामा देबा पोखरेलले आमाको योगदान र भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले स्मृतिशेष पोख्रेलप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको थियो ।
शोकसभामा अखिल नेपाल युवक सङ्घ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल जनजाति सम्मेलन पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, राजमो जिल्ला सहसचिव कृष्णा राना, घोराही १७ नम्बर वडाका वडाअध्यक्ष रामलौटन चौधरी, खेटुलाल भण्डारीलगायतले शोकमन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थित सबैले मृतकप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो भने सञ्चालन राजमो घोराही नगर अध्यक्ष मनिराम खनालले गर्नुभएको थियो ।

