खिमराज चालिसे, पटियाला (भारत) ।
भारतको पटियालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य तिलक पौडेलको प्रमुख आतिथ्यमा अगस्त ३–४ (२०२४) का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको सो सम्मेलनमा बन्दसत्रको अध्यक्षता विष्णु भुसालले तथा सञ्चालन गोपाल सापकोटाले गर्नुभएको थियो भने स्वागत हरि गौतमले गर्नुभएको थियो ।
घोषणासभामा नगर सम्मेलनद्वारा निर्वाचित समितिको घोषणा केन्द्रीय सचिव एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको हो ।
अध्यक्षमा भुसाल
सम्मेलनले विष्णु भुसाल अध्यक्ष रहनुभएको १५ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकार रहेको २१ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष नकुल मल्ल, सचिव प्रवीण रेग्मी, सहसचिव गोपाल सापकोटा र कोषाध्यक्ष विष्णु रेग्मी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शिवरथ सुनार, हरि गौतम, रुकबहादुर कार्की, अर्जुन केसी, कविराम शर्मा, दधिराम पान्डे, गोविन्द दर्लामी, विमला रेग्मी, जानकी भुसाल र सरिता केसी रहनुभएको छ ।
वैकल्पिक सदस्यहरूमा विष्णु खनाल, केशव सुवेदी र रवि कुँवर रहनुभएको सो समितिको सल्लाहकारहरूमा बिमला बन्जाडे, सीमा गुरुङ र गोविन्द शर्मा रहनुभएको छ ।

महिला विभाग
सम्मेलनमा महिला नगर विभागको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले गर्नुभएको थियो ।
विमला रेग्मी संयोजक रहनुभएको १७ सदस्यीय उक्त नगर विभागका सदस्यहरूमा जानकी भुसाल, शारदा पाण्डे, शोभादेवी, भूमिदेवी, सीमा गुरुङ, पवित्रा गुरुङ, सरिता केसी, तारा कार्की, हेमा मल्ल, उजेली गौतम, विमला बन्जाडे, ज्योति रेग्मी, दिव्या केसी, कागज पुन, पार्वती गुरुङ र माया सुवेदी रहनुभएको छ ।
शुभकामना
सम्मेलनलाई प्रमुख अतिथि पौडेल, केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, जनजाति क्षेत्रीय विभागका संयोजक बिलबहादुर गुरुङ, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, सांस्कृतिक परिवारकी रूपा कार्की, सङ्गरुर नगर समितिका राजु खनाल, रोपड नगर समितिका लक्ष्मी गुरुङका साथै शिवरथ सुनार, सीताराम आरसी, गोविन्द बेल्बासे, चिन्तामणि घिमिरे, निसा घिमिरे, किसन भुसाललगायतले शुभकामना दिनुभएको थियो ।
सम्मेलन गोपाल सापकोटाको सञ्चालन तथा कविराम शर्माको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा उपस्थित सहभागीलाई स्वागत विष्णु भुसाल र रक्तिमका कलाकारहरूले गर्नुभएको थियो ।
