• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

श्रीगङ्गानगरमा मूल प्रवाहको बाह्रौँ सम्मेलन


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • धनवीर पुनमगर, श्रीगङ्गानगर (भारत) ।

    Advertisement

    भारतको श्रीगङ्गानगरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बाह्रौँ सम्मेलन सम्पन्न भएको छ ।

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा जुलाई २८, २०२४ आइतबार एफ ब्लकस्थित भाटिया धर्मशालामा सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा मन्तव्य राख्दै अध्यक्ष खनालले देशमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘प्रतिगामी तत्त्वको सक्रियताले २०६२–६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धि खतरामा परेको छ ।’

    उहाँले देशमा गणतन्त्र आएपछि पनि राजनीतिक पार्टीहरूको गलत प्रकारको रवैयाको कारण जनतामा निराशा उत्पन्न भएको र त्यसको फाइदा गणतन्त्र विरोधी शक्तिहरूले उठाउन खोजिरहेको दावी गर्नुभयो ।

    सम्मेलनअघि भाटिया धर्मशालाबाट र्‍याली निकालिएको थियो । वकिलको डिग्गी, रवीन्द्रपथ रोड, अम्बेडकर चोक, गान्धी चोकदेखि कोतवाली रोड, मटका चोक, सन्तोषी माताको मन्दिर हुँदै भाटिया धर्मशाला पुगेर उक्त जुलुस घोषणासभामा परिणत भएको थियो ।

    केन्द्रीय सदस्य कृष्ण जिसीको अध्यक्षता एवम् रेशम भण्डारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य नरबहादुर ओली, क्षेत्रीय सदस्य रामप्रसाद पोखरेल, कमला पाण्डे, क्षेत्रीय समता विभागका राजु विक, क्षेत्रीय महिला विभागकी सविता शर्मा खनाल, क्षेत्रीय सांस्कृतिक विभागकी कृष्णा नेपाली, विद्यार्थी सङ्घ क्षेत्रीय समितिकी आरती नेपाली, भटिन्डा नगर समितिका गिरीबहादुर मगर, बिकानेर नगर समितिका लोकबहादुर पाण्डे, राष्ट्रिय जनमोर्चा दाङका शिवप्रसाद पोखरेललगायतले आतिथ्य रहेको थियो ।

    उपस्थिति सहभागीलाई गिरुप्रसाद न्यौपाने र सांस्कृतिक विभागका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा न्यौपाने

    केन्द्रीय सचिव भट्टराईले सम्मेलनद्वारा निर्वाचित १८ पूर्ण, छ वैकल्पिक र छ सल्लाहकारसहितको ३१ सदस्यीय नगर समिति घोषणा गर्नुभयो ।

    समितिको अध्यक्षमा गिरुप्रसाद न्यौपाने, उपाध्यक्षमा हुमबहादुर नेपाली, सचिवमा रेशम भण्डारी, सहसचिवमा नारायण न्यौपाने र कोषाध्यक्षमा वसन्ता नेपाली रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा विष्णु न्यौपाने, जागेश्वर न्यौपाने, राजेश न्यौपाने, चिन्तामणि भट्टराई, रेम नेपाली, कृष्ण जिसी, कमला खड्का, प्रेम विक, बमबहादुर विष्ट, सावित्रा विक, तिलक सुवेदी र तेजपाल भण्डारी रहनुभएको छ ।

    त्यसैगरी, वैकल्पिक सदस्यहरूमा सरिता बुढाथोकी, सकराज भण्डारी, विष्णु विक, अमर नेपाली, बागमती केसी र प्रेम विक रहनुभएको छ ।

    सम्मेलनले गिरिराज भट्टराई, सुखदेवसिंह रिजाल, सरस्वता घर्ती, मिमलाल न्यौपाने, विष्णु थापा र माधव भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।

    महिला नगर विभाग

    सम्मेलनको अवसरमा वसन्ता नेपालीको संयोजक रहनुभएको महिला नगर विभागको घोषणा गरिएको थियो ।

    विभागका सदस्यहरूमा बागमती केसी, कमला जिसी, सुनिता विष्ट, सावित्रा विष्ट, सरसता पुन, कमला खड्का, सरस्वता न्यौपाने, खुमा भण्डारी, नन्दीकला भट्टराई, कमला भुसाल, सरिता बुढाथोकी, सरसता घर्तीमगर, यसोदा भट्टराई, अनिता नेपाली, वसन्ता न्यौपाने, बीना वाग्ले, पदमा न्यौपाने, विस्ना रिजाल, लक्ष्मी न्यौपाने, अर्चना केसी, मिठा सुनार र सरिता नेपाली रहनुभएको छ ।

    समता विभाग पनि

    सम्मेलनले समता विभाग पनि गठन गरेको छ ।

    प्रेम विक संयोजक रहनुभएको सो विभागको सदस्हरूमा सविता विक, वसन्ता नेपाली, विष्णु विक, अमर नेपाली, किशन नेपाली, मनोज नेपाली, मदन नेपाली, राहुल, अनु विक, सुरज विक र पप्पु नेपाली रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई नरबहादुर ओली, रामप्रसाद पोखरेल, कमला पाण्डे, राजु विक, सविता शर्मा खनाल, कृष्णा नेपाली, आरती नेपाली, गिरीबहादुर मगर, लोकबहादुर पाण्डे, शिवप्रसाद पोखरेल, पारस पराजुली र मनिसा भुलले सफल कार्यकालको बधाई दिनुभएको थियो ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.