जगतप्रसाद रेग्मी, काठमाडौँ ।
दैलेखी सेवा समाजको महासचिवमा भक्त विश्वकर्मा चयन हुनुभएको छ ।
२०८१ साउन १२ गते शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि दैलेख निर्वाचन क्षेत्र नं. १ का सांसद अमरबहादुर थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले यो सबैले सेवाको भावनाबाट काम गर्नुपर्ने, त्यस क्रममा असल कामको प्रशंसा र गलत कामको विरोध गर्नुपर्ने बताउनुभयो ।
साधारणसभामा सांसद सूर्यकुमारी श्रेष्ठ, संविधानसभा सदस्य राजबहादुर बुढा, लक्ष्मीप्रसाद पोख्रेल, प्रगतिशील लेखक सङ्घका डा. मधुसूदन गिरी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवीन रिजाल, समाजसेवी जगतप्रसाद रेग्मी, प्रेमबहादुर थापा, पत्रकार विनोद अधिकारी, इतिहासविद् उपेन्द्र शाहलगायत विभिन्न राजनैतिक तथा समाजसेवी व्यक्तित्वको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष प्रताप शाहीले, सञ्चालन उपाध्यक्ष भक्त विश्वकर्मा र स्वागत अर्की उपाध्यक्ष रमा महराले गर्नुभएको थियो ।
वार्षिक प्रतिवेदन अध्यक्ष शाहीले प्रस्तुत गर्नुभएको सो सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता शाहीले गर्नुभएको थियो ।