• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसालको प्रश्न : बिग्रेको जहाजमा ठूलो संख्यामा प्राविधिक किन पोखरा पठाइयो ?


  •   बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार एक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    बिग्रेको जहाजमा ठूलो संख्यामा प्राविधिक कर्मचारी किन पोखरा पठाइयो भन्दै मसालले नेपाल नागरिक उड्ययन प्राधिकरणप्रति प्रश्न उठाएको छ ।

    बुधबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखरा जान उडेको विमान उड्नासाथ दुर्घटना भएको हो । १९ जना सवार विमानस्थलमा रहेका १८ यात्रुको ज्यान गएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । क्याप्टेन मनिष शाक्यको भने सकुशल उद्धार गरिएको छ।

    उनको केएमसी अस्पताल सिनाम‌ंगलमा उपचार भइरहेको छ।

    मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।

    प्रहरीका अनुसार उनीहरू सबैको शव शिक्षण अस्पताल पठाइएको छ ।

    मर्मतका लागि पोखरा जान लागेको उक्त जहाजमा विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । १७ जनामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन् ।

    ‘बिग्रेको जहाजमा प्राविधिकलाई किन पठाइयो ?’
    नेकपा (मसला) ले बिग्रेको जहाजमा ठूलो संख्यामा प्राविधिक कर्मचारीलाई पोखरा पठाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रकाशित विज्ञप्तिमा नागरिक उड्ययन प्राधिकरणको लापरवाहीका कारण दुर्घटना भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    यस्तो छ वक्तव्य
    ‘२०८१ साल साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेकपा (मसाल)को ध्यानाकर्षण भएको छ ।
    काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना हुँदा १८ जना यात्रुको मृत्यु भएको र जहाजका चालक घाइते भएको समाचारले नेकपा (मसाल) स्तब्ध भएको छ ।
    हामीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै, घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
    उक्त जहाज बिग्रेको हुनाले मर्मतका लागि पोखरा जान लागेको बुझिएको छ । साथै, जहाजमा रहेका यात्रुहरूमध्ये अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी रहेको पनि बुझिएको छ । बिग्रेको जहाजमा त्यति ठूलो संख्यामा इन्जिनियर लगायत प्राविधिक कर्मचारीलाई किन पठाइयो ? यसमा नेपाल नागरिक उड्ययन प्राधिकरणको लापरवाही देखिन्छ । यसप्रति हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । घटनाको उचित छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न हाम्रो पार्टीले सरकारसँग माग गर्दछ ।
    साथै, यसप्रकारका दुर्घटना बारम्बार हुने र कैयौं यात्रुले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्यका लागि विभिन्न अध्ययन समिति एवम् छानबिन आयोगले दिएका सुझावलाई कार्यान्वयन गरेको देखिँदैन । दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न समेत हामीले सरकारको ध्यानाकर्षण गर्दछौँ ।

    २०८१ साउन ९ गते
    मोहनविक्रम सिंह
    महामन्त्री
    नेकपा (मसाल)

    बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.