भरतपुर । चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा बुधबार स्थानीयले आगजनी गरेका छन् ।
Advertisement
भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरका स्थानीयबासीले गाडीलाई नियन्त्रणमा लिर आगो लगाइदिएका हुन् ।
रेलमार्गको सर्भे गर्दागर्दै २र३ सय जना स्थानीय भेला भएर गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ ।
पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन्।
बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन्।