सन्जीव दुलाल, भक्तपुर ।
भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने उहाँले बताउनुभएको हो ।
भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका २ वर्ष सम्म अवधिका मुद्दा १७४, २ वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका २५९४ मुद्दा रहेका थिए भने वर्ष भरीमा ५०१२ मुद्दा दर्ता भएका थिए । वर्ष भरीमा जम्मा ७६०६ मुद्दामा ३६८१ फर्छ्यौट गरिएको श्रेष्तेदार पुलामी मगरले बताउनुभयो ।
उहाँका अनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फर्छ्यौट गरिएको अव बाँकी मुद्दा सङ्ख्या ८ रहेको जसमा एक बालबालिका थुनुवा रहेकोसमेत उहाँले जानकारी दिनुभएको थियो ।
श्रेष्तेदार पुलामीमगरका अनुसार वर्ष भरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३९७० रहेकोमा २१८२ वटा यो वर्ष फर्छ्यौट गरिएको यस्तै व्यक्तिवादी फौजदारीमा १८०३ मुद्दा रहेकोमा ७९९ फर्छ्यौट भएको, सरकारवादी फौजदारी मुद्दा सङ्ख्या १७३२ रहेकोमा ६५५ वटा फर्छ्यौट भएका, साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फर्छ्यौट भएका रिट मार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फर्छ्यौट भएको छ ।
भक्तपुर जिल्ला अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा सङ्ख्या भने ८५ रहेको यस्तै निरन्तर सुनुवाइ हुने मुद्दा सङ्ख्या भने लगत ९२ रहेको जसमा ५६ फर्छ्यौट गरी सकिएको बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भिमवहादुर पाण्डेले जानकारी दिनुभएको छ । यस्तै विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फर्छ्यौट भई सकेको छ भने ५ वटा मुद्दा बाँकी रहेका उहाँले जानकारी दिनुभयो ।
वर्ष भरीमा अदालतले ३८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा भक्तपुर जिल्ला अदालतले ३६८१ मुद्दा फर्छ्यौट गरेको छ जुन ९४.८७ प्रतिशत रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।
जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा अदालतमा वर्ष भरी उत्कृष्ट रहेका ४ कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
भक्तपुर जिल्ला अदालतमा हाल छओटा इजलास रहेका छन् । जसमा इजलास १ मा माननीय प्रमुख न्यायाधीश वासुदेव न्यौपाने २ नं. इजलासमा माननीय न्यायाधीश उपेन्द्रप्रसाद गौतम ३ नं. इजलासमा माननीय न्यायाधीश श्रीप्रसाद संजेल ४ नम्वर इजलासमा माननीय न्यायाधीश महेन्द्रप्रसाद पोखरेल ५ नं. इजलासमा माननीय न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नं. इजलासमा माननीय न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहनुभएको छ ।
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट