बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ध्यानाकर्षण गराएको छ ।
Advertisement
खानेपानी महशुल वृद्वि, वर्षात्को समयमा धमिलो पानीको समस्या र कार्यालयलगायत विविध विषयमा राजमोले ध्यानाकर्षण गराएको हो ।
राजमो नगर समितिका अध्यक्ष थानेश्वर सुवेदीको नेतृत्वमा जिल्ला सचिवालय सदस्य लक्ष्मी बास्कोटा, नगर सदस्य तुलवीर श्रीसलगायतको टिमले नगर खानेपानी संस्थामा पुगेको थियो ।
टोलीले यस सम्बन्धमा जनगुनासो बढेको भन्दै संस्थासित तत् तत् समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो ।