• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एकीकृत समाजवादीको महाधिवेशलाई केसीको शुभकामना : लोकतन्त्र अप्ठ्यारोमा परेको बेला यो पार्टी जन्मियो


  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिनुभएको छ ।

    Advertisement

    आइतबारदेखि काठमाडौंमा सुरु भएको महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिँदै केसीले लोकतन्त्र, अप्ठ्यारोमा परेको बेला एकीकृत समाजवादीको उत्पत्ति भएको बताउनुभयो ।

    ‘यो पार्टी विशेष परिस्थितमा, लोकतन्त्र, गणतन्त्र अप्ठ्यारोमा परेका बेला यो उत्पत्ति भएको हो’ केसीले भन्नुभयो, ‘हाम्राबीचमा कैयौं मतभदहरू होलान्, तैपनि हामीले के बुझ्नुपर्छ भने अहिलेको संविधान, अहिलेको लोकतन्त्र, अहिलेको गणतन्त्र यिनै अहिले भएका पार्टीको योगदानबाट, त्याग तपस्याबाट आएको हो। यो कुरा त कसैले पनि होइन भन्न सक्दैन ।’

    उहाँले देशको आर्थिक समस्या, राजनीतिक समस्या, सामाजिक समस्या जसरी हल गर्नुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो ।

    केसीले भन्नुभयो, ‘तर यसलाई जसरी लैजानुपर्ने हो देशको आर्थिक समस्या, राजनीतिक समस्या, सामाजिक समस्या जसरी हल गर्नुपर्ने हो हामीले त्यसमा सकिराखेका छैनौँ । यो समस्या हो, हाम्रो कमजोरी हो ।’

    उहाँले लोकतन्त्रका लागि लडेका शक्तिहरु लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि फेरी एकजुट हुनुपर्ने बताउनुभयो ।

    केसीले भन्नुभयो, ‘यो लोकतन्त्र, गणतन्त्र ल्याउनलाई हामी जसरी एकढिक्का भएर लड्यौँ र यसलाई स्थापित गर्यौँ, अब यसको रक्षाको लागि पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि राष्ट्रियताको लागि हामी सबै एक ठाउँ हुनुपर्छ ।’

    पाँच दिनसम्म चल्ने महाधिवेशनबाट दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गरिने एकीकृत समाजवादीले जनाएको छ ।

    महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरूले शुभकामना दिनुभएको थियो ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

    आइतबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • २.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ३.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ४.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ५.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ६.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ७.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.