काठमाडौं । ऐतिहासिक विषयवस्तु आधारित बालचित्रकथा ‘रानीपोखरी’ को विमोचन भएको छ । काठमाडौंको चाँदबाग स्कुलमा प्रिन्सिपलसहित पुस्तकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
Advertisement
रानीपोखरी निर्माण कसरी भयो भन्ने इतिहासलाई बालबालिकाले बुझ्ने गरी सरल भाषा र आकर्षक चित्रसहित प्रस्तुत गरिएको छ ।
ध्रुव घिमिरेले लेखेको पुस्तकलाई भिक्टर प्रधानले सम्पादन गरेका हुन् भने यसमा तारा तामाङका चित्र छन् । रानीपोखरीको किन र कसरी निर्माण भयो भन्ने कुरा देखि कुनै पनि बेला नाश हुन सक्ने मानव शरीरप्रतिको बुझाइदेखि वियोगमा सधैं शोकमात्र गर्नुहुन्न भन्ने कुरा पुस्तकमा छ ।
ऐतिहासिक विषयवस्तु भएकाले यो पुस्तकले बालबालिकामा इतिहासप्रतिको रुचि र तिथिमिति सम्झन पनि सहयोग गर्नेछ ।
