दिनेश रैदास, दाङ ।
Advertisement
दाङ जिल्लाको घोराहीमा अखिल नेपाल बाल सङ्गठन गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा घोराहीको नगर कार्यालयमा २०८१ असार १५ शनिबार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलाले रोजिश नेपालीको अध्यक्षता अध्यक्ष रहनुभएको सात सदस्यीय बाल सङ्गठन समिति गठन भएको छ ।
समितिमा उपाध्यक्ष रेजिना आचार्य, सचिव प्रसिद्ध आचार्य, सहसचिव सिद्धार्थ नेपाली, कोषाध्यक्ष छाया नेपाली र सदस्यहरूमा इशानी नेपाली र युगान्त थापा रहनुभएको छ ।
राजमो केन्द्रीय सदस्य अध्यक्ष गणेश आचार्यको विशेष पहलमा सम्पन्न उक्त भेलामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार सुशीला पोखरेल, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ पोखरेल, राजमो नेताहरू हरि खरेल, मनिराम खनाल, मेघराज भट्टराई, श्रीराम भट्टराई, सेवक भट्टराईलगायतको उपस्थिति रहेको थियो ।