खलङ्गा । प्युठानमा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८१ असार १४ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य मन्तव्य राख्दै उहाँले भ्रष्टाचार, महङ्गी र सङ्घीयता नेपालको गम्भीर रोग भएको बताउनुभयो ।
सहकारी ठगीको प्रसङ्ग उठाउँदै उहाँले देशको गृहमन्त्रीमाथि नै ठगीको आरोप लाग्नु चिन्ताको विषय भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, लुम्बिनी प्रदेशका निवर्तमान सांसद तारा जिसीले मन्तव्य राख्नुभएको थियो ।
सभाको सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले गर्नुभएको थियो ।
