बुर्तिबाङबजार । राष्ट्रिय जनमोर्चाको देशव्यापी सङ्घीयता र भ्रष्टाचार विरुद्व देशव्यापी विरोध कार्यक्रमअन्तर्गत ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सभा सम्पन्न भएको छ ।
राजमो ढोरपाटनको आयोजनामा २०८१ असार १४ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
विरोध कार्यक्रममा बोल्दै राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले सङ्घीयताका कारण देश झन्भन्दा झन् कङ्गाल स्थितिमा पुगेको बताउनुभयो ।
सहकारी ठगले राज्य सञ्चालन गरेको जनतामा चरम निराशा, विदेश पलायनको अवस्था सिर्जना भएको भन्दै उहाँले सङ्घीयता खारेजी नै वर्तमान समस्याको समाधान भएको दाबी गर्नुभयो ।
सयौँ जनताको नाराजुलुस, रक्तिमको गीतसङ्गीत र नृत्यबाट सुरु भएको उक्त कार्यक्रममा राजमो जिल्ला सदस्य थम्मन घर्तीमगरले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा (मसाल) बागलुङका प्रवक्ता मेखबहादुर पाइजाले गर्नुभएको थियो ।