• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

संघीयता खारेजीको माग गर्दै राजमो प्रदेश १ ले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन


  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • विराटनगर । राष्ट्रिय जनमोर्चा १ नं प्रदेश समितिले संघीयता खारेजीको माग सहित प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    बिहीबार मुख्यमन्त्रीको कार्यालय पुगेको राजमो प्रतिनिधिमण्डलले संघीयता खारेजीलगायतका माग समेटेर १० बुँदे ज्ञापन पत्र बुझाएको हो ।

    विराटनगरस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश बाहिर रहेकाले मुख्यमन्त्री कार्यालयका प्रतिनिधिलाई सो ज्ञापन बुझाइएको नेता हरिकान्त शर्माले जानकारी दिनुभएको छ ।

    ज्ञापन पत्रमा संघीयता खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै, नागरिकतामा खुकुलो नीति नअपनाउन, भारतीय अतिक्रमित भूमी फिर्ता गर्न र एमसीसीलगायतका राष्ट्रहितविरोधी सम्झौता खारेज गर्न माग गरिएको छ ।

    यसैगरी बढ्दो महङ्गी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारीको नियन्त्रण गर्नुपर्ने, किसान र कृषि उपजको संरक्षण, साना तथा घरेलु व्यवसायी तथा स्वरोजगार पेसा अपनाउनेहरुको संरक्षणको जिम्मा लिन पनि संघीय र प्रदेश सरकारसँग राजमोले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

    यस्तो छ ज्ञापन

    माननीय मुख्यमन्त्रीज्यू
    मन्त्रिपरिषद कार्यालय १ नं. प्रदेश सरकार बिराटनगर, मोरङ
    सम्माननीय प्रधानमन्त्रीज्यू

    विषय ज्ञापन
    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, सङ्घीयताका विषय समेटेर ज्ञापनपत्र प्रस्तुत गर्दछ । उक्त विषयलाई तपाई नेतृत्वको सरकारले गम्भीरतापूर्वक लिने छ भन्ने अपेक्षा गरेका हाम्रो दलले अगाडि सारेका विषय र मागलाई पूरा गर्न तदारुकता देखाउनु हुनेछ । हामीले अगाडि सारेका कतिपय मागका विषयमा पार्टीले प्रचारात्मक प्रकारको प्रारम्भिक सङ्घर्ष अगाडि बढाएको पनि । यदि निम्न विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएमा सरकारका विरुद्ध जनताकाबीच सडकमा जानुको हामीसँग कुनै विकल्प नरहने पनि यसै ज्ञापनपत्रमार्फत् नेपाल सरकारलाई जानकारी गराउँछौँ ।

    १) देशमा गणतन्त्रको स्थापनापश्चात् गणतन्त्रलाई कमजोर पारेर वा गणतन्त्रलाई खतम गरेर देशलाई प्रतिगमनतर्फ लैजान वा आफ्‌ना राजनीतिक स्वार्थ पूरा गर्न देशीविदेशी शक्तिले षड्यन्त्र गरिरहेको यहाँलाई अवगत नै छ । पछिल्लो समयमा यो प्रक्रियाले तीब्रता पाएको छ । एकातर्फ, गणतन्त्र खतम गर्न देशीविदेशी शक्तिको षड्यन्त्र अर्कोतर्फ, गणतन्त्रवादी शक्तिहरूले सञ्चालन गरेको शासकीय शैलीका कारण पनि आम जनता गणतन्त्रप्रति निराश छन् आक्रोशित छन् । यो गणतन्त्र नेपाली जनताको हो भन्ने स्वामित्व जनताले लिन सकिराखेका छैनन् । जनताको यो असन्तोषलाई प्रयोग गरेर निर्वाचनबाट केही गलत शक्तिहरू संसदमा निर्वाचित भएर पनि आएका छन् । गणतन्त्र खतरामा छ । त्यसको रक्षा गर्नु हामी सबैको दायित्व हुन्छ । त्यसतर्फ तपाईं नेतृत्वको सरकार गम्भीर हुने छ भन्ने हामीले आशा लिएका छौँ ।

    २) देशको राष्ट्रियतामाथि पनि गम्भीर खतरा छ। कालापानीसहितको भूभागलाई संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलले नेपालको नक्सामा सामेल गर्ने प्रस्ताव पारित गरी त्यसलाई समर्थन गरे पनि अहिलेसम्म उक्त भूभाग भारतीय सेनाको कब्जामा छ । भारतीय सेनालाई फिर्ता पठाउनेबारे अहिलेसम्मका सरकारले कुनै ठोस पहल गर्न सकेका छैनन् । सरकारले यो विषयमा ठोस पहलकदमी गर्नुपर्ने आवश्यकता छ । भारतले कूटनीतिक माध्यमद्वारा यो विषयलाई समाधान गर्न इच्छुक नभएको कुरा जगजाहेर छ । त्यो स्थितिमा कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यक छ । कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गर्दछौं ।

    ३) नेपालको थुप्रै भूभाग भारतले अतिक्रमण गरेको छ। अतिक्रमित भूभागलाई फिर्ता लिन नेपाल सरकारले अविलम्ब प्रयत्न गर्नुपर्दछ ।

    ४) नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमाथि आधारित छ । त्यसका विपरीत हुने गरी अमेरिकासँग एम।सी।सी। सम्झौता भएको छ । अमेरिकासँग भएको एम।सी।सी। सम्झौताको परिणाम नेपालको परारष्ट्र नीतिमा अमेरिकन प्रभाव प्रष्ट देखिन थालेको छ । नेपालमा अमेरिकाले आफ्नो प्रभावमा वृद्धि गरेर चीनका विरुद्ध नेपाली भूमि दुरूपयोग गर्ने उद्देश्य रहेको छ । नेपाललाई विदेशीको क्रिडास्थल हुन नदिन एम।सी।सी। सम्झौता खारेज गर्न सरकारले अविलम्ब पहल गर्न माग गर्दछौं ।

    ५) नागरिकताको प्रश्न देशको राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको प्रश्न हो । नागरिकताको सवालमा अपनाएको गलत नीतिका कारण कैयौँ मुलुक टुक्रिएका छन् । गृहयुद्धको भयानक भुमरीमा परेर धनजनको गम्भीर क्षति व्यहोरेका छन् । नेपालमा अनवरत रूपमा विभिन्न बहानामा गैरनेपालीलाई नागरिकता दिने क्रम विसं २००९ सालदेखि रोकिएको छैन । यदि यो प्रक्रिया नरोकिने हो भने नेपाली जनसङ्ख्या विदेशीको जनसाङ्ख्यिक अतिक्रमणमा पर्ने र वैधानिक रूपले नेपालको राष्ट्रियता खतम हुने स्थिति देखा परेको छ । तसर्थ, नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई आँच पुग्ने गरी नागरिकता नीति नबनाउन र अहिलेसम्म अस्तित्वमा रहेका संविधान, ऐनकानुनमा संशोधन गर्नसमेत सरकारसँग माग गर्दछौं ।

    ६) राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयम् राज्य धर्मको विषयमा तटस्थ रहन नै धर्म निरपेक्षताको सिद्धान्तको विकास भएको हो तर नेपालमा धर्म निरपेक्षताको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको छ । तीव्र रूपमा बढिरहेको इसाईकरण र बढ्दो इसाईकरणका विरुद्ध हिन्दु अतिवादीका गतिविधि तथा दुईटै धर्मलाई आआफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियारका रूपमा प्रतिक्रियावादी तथा साम्राज्यवादीले प्रयोग गरेको हुनाले धर्म निरपेक्षता खतरामा परेको छ । धर्म निरपेक्षताको रक्षाका लागि हिन्दु अतिवादीद्वारा हिन्दू राज्य कायम गर्न तथा तीव्र ढङ्गबाट धर्म परिवर्तनका लागि भइरहेका गतिविधिका विरुद्ध आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दछौं ।

    ७) कुनै पनि दृष्टिकोणले सङ्घीयता नेपालका लागि उपयुक्त प्रणाली होइन । सङ्घीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटैमाथि खतरा उत्पन्न भएको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकता छ । सङ्घीयताका कारण देश दिनप्रतिदिन विदेशी ऋणको मारमा पर्ने खतरा पनि बढ्दै छ । एकातर्फ, सङ्घीयतालाई धान्न नेपालमा राजस्व, स्रोत र साधनको अभाव छ । अर्कोतर्फ, त्यसलाई धान्न विदेशी ऋण सहयोग अनुदान लिनुपर्ने बाध्यता बढ्दै छ । त्यो स्थितिमा मुलुकलाई आर्थिक भारमा पारेर प्रदेशमा शासकीय स्वरूप राख्नुको औचित्य छैन । त्यसैले प्रादेशिक तहलाई खारेज गरेर प्रदेश तहलाई जाने सम्पूर्ण बजेटलाई गाउँको विकासमा लगाउनुपर्ने आवश्यकता छ ।

    ८) नेपालमा बढ्दो महङ्गी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारीको नियन्त्रणका लागि पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहलकदमीका लागि माग गर्दछौं ।

    ९) किसानले धान, गहुँ, तोरी, उखु, सुन्तला, खुर्सानी, अम्रिसो, अलायचीलगायतका व्यावसायिक खेती गरिरहेका छन् तर उचित बजार व्यवस्थापन नहुँदा किसानहरूले तिनीहरूको मूल्य पाउन सकेका छैनन् । त्यसको सबैभन्दा बढी फाइदा विचौलियाले उठाएको पाइन्छ । यस सन्दर्भमा प्रदेश सरकार र सङ्घीय सरकारसित अविलम्ब ध्यान दिन माग गर्दछौं ।

    १०) देशैभरिका किसान, सानार घरेलु व्यवसायी तथा स्वरोजगार पेसा अपनाउने जनता विभिन्न खालका समस्याबाट पीडित छन् । त्यस क्रममा उनीहरू गम्भीर प्रकारका समस्याबाट गुजिनुपर्ने मात्रै होइन, ज्यानै गुमाउनुपर्ने अवस्था छ । त्यसको पछिल्लो ज्वलन्त उदाहरण यसै प्रदेशका इलाम निवासी प्रेमप्रसाद आचार्यको आत्मदाह हो । यस्ता घटना न्यूनीकरण गर्न प्रशासन यन्त्रमा महत्त्वपूर्ण व्यवस्थापन गरियोस् ।
    धन्यवाद ।

    प्रतिनिधि मण्डल
    १) अमृतबहादुर पाण्डे, अध्यक्ष, राष्ट्रिय जनमोर्चा १ नं. प्रदेश
    २) हरिकान्त शर्मा, वामपन्थी नेता
    ३) हरिलाल अधिकारी, प्रदेश सदस्य, राष्ट्रिय जनमोर्चा १ नं। प्रदेश
    ४) नवीन पाण्डे, प्रदेश प्रतिनिधि, राष्ट्रिय जनमोर्चा १ नं। प्रदेश
    ५) देवेन्द्र पौडेल, प्रदेश प्रतिनिधि, राष्ट्रिय जनमोर्चा १ नं। प्रदेश
    ६) लक्ष्मिकान्त ओझा, प्रदेश प्रतिनिधि, राष्ट्रिय जनमोर्चा १ नं। प्रदेश
    ७) टंकप्रसाद गौतम, प्रतिनिधी राजको १ नं. प्रदेश

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.