काठमाडौं । सप्तरीमा भारतीयले चलाएको गोली लागि एक नेपाली घाइते भएका छन् । बुधबार हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढामा भारतीयले गोली चलाएका हुन् ।
Advertisement
गोलीको छर्रा लागेर स्थानीय ६२ वर्षीय महेन्द्र पासवान घाइते भएको प्रहरीलाई जनाएको छ । घुँडामुनि गोली लागेका उनी सामान्य घाइते भएका छन् ।
गाई हराएको विषयमा नेपाली र भारतीयबीच विवाद हुँदा भारतीयले गोली चलाएको सप्तरी प्रहरीले जनाएको छ ।
गाई चोरेको आरोपमा स्थानीय नेपालीले भारतीय नागरिक जावेदलाई पक्राउ गरेर नेपालतर्फ ल्याएर सोधपुछ गरेका थिए ।
त्यहीबेला २५–३० जना भारतीय नेपाल आएर कटुवा पेस्तोलबाट ३ राउण्ड फायर गरेका थिए । गोली चलाएपछि नेपाली भागेका थिए भने भारतीयले आफ्ना नागरिक लिएर फर्किएका थिए ।