• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

चुनाव जित्न ठूलो धनराशि खर्च गरेकाहरु विकास बजेटमा भ्रष्टाचार गर्दैछन् : पौडल


  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित
  • शंकरप्रसाद पौडेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले चुनाव जित्न ठूलो धनराशि खर्च गरेकाहरुले विकास बजेटमा भ्रष्टाचार गर्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनको खाँचो औँल्याउनुभयो ।

    पौडेलले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्व नागरिक आन्दोलन आवश्यक छ । चुनाव जित्न ठूलो धनराशि खर्च गरेकाहरु अहिले त्यही पैसा उठाउन भ्रष्टाचारमा लागेकाले आमनागरिक सचेत हुन आवश्यक छ ।’

    पौडेलले मूल नीतिको रुपमा रहेको राजनीति बिग्रेकाले देश राजनीतिक रुपले संकटमा परेको तर्क गर्नुभयो ।

    देशको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने उल्लेख गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराएर प्रदेश खारेज गर्नुपर्ने उहाँको तर्क छ ।

    लुम्बिनी प्रदेश सांसद तारा थापाले संघीयता र भ्रष्टाचारले देश आर्थिक संकटमा परेको बताउँदै मुलुकको लागि संघीयता असफल भैसकेको बताउनुभयो ।

    संघीयता, नागरिकता विधेयक, एमसीसीका कारण राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेको उहाँको तर्क छ ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेता पोखरेलले संसदबाट एमसीसी पास भएसँगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको स्पष्ट पार्नुभयो ।

    चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिका एसपीपी परियोजना पास गराउने दाउमा रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुन्डिराज शर्मा, रक्तिम सांस्कृतिक अभियान नेपालका केन्द्रीय अध्यक्ष गिरि प्रसाद बुढा, कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोख्रेल, अखिल नेपाल बुद्धिजीवी संघका साचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो प्रदेश कार्यलय सचिव भिमलाल न्यौपाने, राजमो जिल्ला सचिव टान बहादुर केसी, अखिल (छैटौं)का केन्द्रीय सदस्य टेकराज भुसाल, युवक संघका अध्यक्ष हरि योगी, अखिल नेपाल महिला संघकी लक्ष्मी कुँवर, अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल बन्जाडे, शिव पौडेल, वसन्त जिसि, लोकनाथ भुसाल, राजमो झिमरुकका नेता राम बहादुर जिसि लगायतको अथित्या रहेको थियो।

    राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्णबहादुर जिसीको अध्यक्षता, शंकर पोखरेलको सञ्चालन र केपी पोखरेलको स्वागतमा भएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जोशिला सांगीतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए।

    शनिबार, माघ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.