• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘प्रेमप्रसाद आचार्यको आत्महत्या : देशको समग्र स्थिती परिवर्तनका लागि नयाँ संघर्षको खाँचो’


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको परिणामका साथै विद्यमान सरकार वा व्यवस्थामा भएका कमजोरीहरूको पनि परिणाम भएको मसालको ठहर छ ।

    मसालले देशको समग्र स्थितिमा सुधार वा परिवर्तनको लागि व्यापक जनचेतना उठाउने तथा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा रवि लामिछानेको नागरिकता अवैध भएको स्पष्ट छ भन्दै सर्वोच्च अदालतले दिने फैसलाप्रति सम्पूर्ण देशको ध्यान गएको बताउनुभएको छ ।

    यस्तो छ, प्रेस वक्तव्य
    प्रेमप्रसाद आचार्यको आत्मदाहप्रति नेकपा (मसाल) को गम्भीर ध्यानाकर्षण भएको छ । यो खाली व्यक्तिगत घटना मात्र होइन । उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको परिणाम हो । त्यसका साथै विद्यमान सरकार वा व्यवस्थामा भएका कमजोरीहरूको पनि परिणाम हो । त्यसैले हाम्रो पार्टीले प्रेमप्रसाद आचार्यको आत्मदाहको सन्दर्भमा देशको यो समग्र स्थितिमा सुधार वा परिवर्तनको लागि व्यापक जनचेतना उठाउने तथा संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    देशमा आत्महत्याका घटनाहरू लगातार बढ्दै गइरहेका छन् । आजकै समाचार पत्रमा झापाका दुई जना किशोर किशोरीले आत्महत्या गरेको समाचार पनि प्रकाशित भएको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारणले समाजले उनीहरूमाथि उत्पीडन गरेकाले दुवै जनाले आत्महत्या गरेका थिए । समाजको रूढिवादी, जातिगत संस्कारका कारणले धेरै युवकयुवतीहरूमाथि कैयौँ प्रकारका अत्याचारहरू हुने गरेका छन् र उनीहरूमध्ये कैयौँले आत्महत्या पनि गर्ने गरेका छन् । गम्भीर प्रकारका सामाजिक विकृतिहरूका कारणले नै त्यस्तो हुने गरेको छ । त्यो अवस्थामा सम्पूर्ण सामाजिक संस्कृतिमा नै रूपान्तरणको लागि सम्पूर्ण जनता र संस्थाहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।

    रवि लामिछानेको नागरिकता अवैध भएको कुरा दिनको उज्यालो झैँ प्रस्ट छ । त्यसबारे सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उनले दोहोरो नागरिकता लिएको तथा पुरानो र अवैध नागरिकतालाई उपयोग गरेर चुनावमा उम्मेदवार बनेकोमा समेत उनलाई कानुन अनुसार सजाय गर्नुपर्ने कुरा प्रस्ट नै छ । तर त्यस सन्दर्भमा रवि लामिछानेको अपराधभन्दा गम्भीर कुरा यो हो कि सम्पूर्ण राज्यन्त्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा, निर्वाचन आयोग र महान्यायाधिवक्ताको कार्यालय समेतले उनलाई सफाइ दिनको लागि पूरा शक्ति लगाइरहेका छन् । अब सर्वाेच्चले त्यसबारे के फैसला दिनेछ, सम्पूर्ण जनताको ध्यान त्यस तर्फ छ ।

    चोलेन्द्र शमशेरको कार्यप्रणालीको कारणले सम्पूर्ण न्यायपालिका बदनाम भएको उदाहरण हाम्रा अगाडि छ । चोलेन्द्र शमशेर प्रधानन्यायाधीसको पदबाट हटेपछि न्यायपालिकाको कार्यप्रणालीमा केही सुधार हुनेछ भन्ने जनताले आशा गरेका थिए । अब सर्वाेच्च अदालतको रवि लामिछानेको नागरिकतामा गलत फैसलाका कारणले सर्वाेच्च पूर्ण कलंकित नहोस्, हामीले त्यो कुराको आशा गर्नुपर्दछ । यदि उक्त प्रश्नमा सर्वाेच्च अदालत संविधान र कानुनको समेत उलङ्घन गरेर गलत फैसला गर्यो भने त्यसबाट खाली न्यायपालिका मात्र होइन, सम्पूर्ण देशलाई नै चोलेन्द्र समशेरले पुर्याएको क्षति भन्दा कैयौँ गुणा क्षति पुग्ने छ र त्यो क्षति दीर्घकालीन प्रकृतिको हुनेछ । हामीले आशा गर्दछौँ सर्वाेच्चले त्यस प्रकारको गल्ति गर्ने छैन ।’

    २०७९ माघ १२ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.