महेश रिजाल, दाङ ।
दाङ लमही नगरपालिका कौडिया निवासी राष्ट्रिय जनमोर्चाकी ज्येष्ठ सदस्य पुतलीदेवी जिसीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गत पुस २९ गतेका दिन ९१ वर्षको उमेरमा निधन भएपछि बाह्रौँ दिन २०७९ माघ १० गते श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभालाई अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राजमो दाङका उपाध्यक्ष महेश रिजाल, नेकपा (माओवादी केन्द्र) का नेता तथा भूमि आयोगका जिल्लाअध्यक्ष लेखराज रेग्मी, वाम बुद्धिजीवी गोपाल थापालगायतले शोकमन्तव्य दिनुभएको थियो ।
राजमो लमही नगरपालिका कमिटिको आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष हरिबहादुर थापाले गर्नुभएको थियो भने कान्छा छोरा एवम् रक्तिम सांस्कृतिक अभियानका नेता बुद्धबहादुर जिसीको पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो लमही नगरसमितिका सचिव लेखराज आचार्यको सञ्चालनमा भएको कार्यक्रममा मृतक जिसीप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा मृतकका जेठा छोरा सूर्यबहादुर जिसी, माइला छोरा गिरबहादुर जिसीसहित घरपरिवारका सदस्यको उपस्थिति रहेको थियो ।